मोदीले दाउदलाई भेटेको मन्त्रीको आरोप
लखनउ – युपी सरकारका क्याबिनेट मन्त्री आजम खानले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका क्रममा कुख्यात अन्डरवल्र्ड डन दाउद इब्राहिमलाई भेटेको आरोप लगाएका छन् । जाजीपुरको करंडा क्षेत्रमा एक स्कूलको वार्षिक उत्सवमा भाग लिन पुगेका खानले भने, ‘पाकिस्तान भ्रमणमा प्रधानमन्त्रीले दाउदलाई भेटेका हुन् । बादशाह (मोदी) ले मागे भने म प्रमाणको रुपमा फोटो पनि देखाउन सक्छु ।’ तर, भारत सरकारले भने खानको यो दाबा झुठो रहेको प्रतिक्रिया दिएको छ । खानले विजेपीको सरकार भएको राज्यमा अहिले अपराधको संख्या बढेको पनि आरोप लगाए । मोदीका कारण मिडियाले बिजेपी सरकारमा हुने अपराधलाई नजरअन्दाज गरेको पनि बताए । उनले भने, ‘नगर विकासको बजेट केन्द्रले ४० प्रतिशतले घटाएको छ । बिजेपीले विहारमा पहिले नै हार मानिसकेको छ, त्यही भएर बजेट रोकिरहेको छ ।’ उनले बिजेपीलाई अहिले युपीमा चुनाव लड्नेव्यक्ति भेट्न गाह्रो परिरहेको र कांग्रेसको युपीमा केही बाँकी नरहेका दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण