क्लबलाई ‘लोभी’ भन्दै लिभरपुलका समर्थकद्वारा खेल बहिस्कार
एनफिल्ड – क्लबलाई ‘लोभी’ को संज्ञा दिँदै हजारौं लिभरपुलका समर्थकहरुले शनिबार घरेलु मैदान एनफिल्डमा सन्डरल्याण्डविरुद्धको खेल बहिस्कार गरेका छन् । क्लबले अनावश्यक रुपमा टिकटको मूल्य बढाएर समर्थकमाथि भार थपेको भन्दै क्लबका समर्थकहरुले विरोधज जनाएका हुन् ।
नयाँ मेन स्टाण्डको मूल्य ७७ पाउण्ड राखेको भन्दै क्लबका समर्थकहरुको एक समूहले शनिबारको खेलको ७७ औं मिनेटमा खेल बहिस्कार गर्न आग्रह गरेका थिए । उनीहरुले शुरु क्लबको एन्थम ‘यु विल नेभर वाक आउट एलोन’ गाए र त्यसपछि ‘अब अत्ति भयो’ भन्दै स्टेडियम छाडे ।
समर्थकहरुले स्टेडियम छाड्न अघि लिभरपुलले खेलमा २–० अग्रता बनाएको थियो । तर, समर्थकहरु हिँडेपछि अन्तिम १० मिनेटमा २ गोल खाँदै खेल २–२ को बराबरीमा सक्यो । प्रशिक्षक जर्गन क्लब एपेन्डिक्सको अपरेसनका लागि अस्पतालमा रहेका कारण उपस्थित हुन सकेनन् । यसअघि क्लबमा कार्यकारी निर्देशक इयान आयरले समर्थकहरुलाई भार पार्न नखोजिएको प्रतिक्रिया दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण