दिल्लीमा चेलीबेटी बेचविखन तथा बलात्कारबिरुद्ध अन्तरक्रिया
नयाँ दिल्ली – चेलीबेटी बेचविखन तथा बलात्कार प्रवासी नैपालीहरुको पनि समस्या रहेकोले सवै लिमेर मात्र यसको रोकथाम गर्न सकिने यहाँ एक कार्यक्रमका सहभागीले बताएका छन् । हेल्प नेपाली मिशनको आयोजनामा तथा रक्षा नेपाल काठमाडौंको सहकार्यमा यहाँ भएको चेलीबेटी बेचविखन तथा बलात्कारबिरुद्ध अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको यस्तो धारणा आएको हो ।
कार्यक्रममा हेल्प नेपाली मिशनका अध्यक्ष कबि कार्कीले आफ्नो संस्थाले विभिन्न कठिनाईका बावजुद पनि सामाजिक कार्यको साथै भारतमा चेलीबेटी बेचखिन तथा बलत्कार बिरुद्ध अभियान संचालन गर्न आएको बताए । उनले सवैको सहकार्यबाट यस कामलाई न्यूनिकरण गर्न सकिने विश्वास व्यक्त गरे । सोही कार्यक्रममा भारतीय गोरखा एकता मञ्चका सल्लाहकार उत्तम कुमार क्षेत्रीले चेलीबेटी बेचविखन तथा बलात्कार लामौ समयदेखिको जटिल समस्या रहेको भन्दै गाउँघर देखि शहर बजारसम्म जनचेतना फैलाएर यसको रोकथाम गर्न सकिने बताए । कर्यक्रममा सहभागी रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले उपस्थित बिगत १२ बर्षदैखि नै आफ्नो संस्थाले गरेको कामको गरेको जानकारी दिइन । उनले अव भारतमा पनि हेल्प नेपाली मिशनसंग सहकार्य गरी काम गर्नै बताइन् । कर्यक्रममा दिल्लीस्थित विभिन्न सामाजिक संघ,संस्थाहरुका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । कार्यक्रममा हेल्प नेपाली मिशनका सचिव महेन्द्र केसी , समाजसेवी गोपाल थापा र नेपाली देशभक्त युवा समाजका राजन धामीले पनि आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण