आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बझाङमा पूूर्व राज्य मन्त्री पराजित, देउवा पक्ष हाबी

आइतबार, २४ माघ २०७२, १० : २४
आइतबार, २४ माघ २०७२

बझाङ – यहाँको नेपाली काँग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेसनमा पूर्व राज्यमन्त्री सुरेश मल्ल महाधिवेसन प्रतिनिधिमा पराजित भएका छन् । बझाङ जिल्लाको क्षेत्र नम्बर २ मा पनि देशभर जस्तै संस्थापन र देउवा पक्ष बिच निर्वाचन हुँदा एकलौटी देउवा पक्षको विजय भएको हो । निर्वाचनमा संस्थापन पक्षका सुरेश मल्ल देउवा पक्षका नरेश बहादुर सिंह सँग पराजित भएका हुन् । निर्वाचनमा देउवा पक्षका कटक जप्रेल,रमेस भण्डारी,धन बहादुर बिष्ट,देवराज शर्मा ,धन बहादुर सिंह, रतन नेपाली (दलित) पार्वती जोशी,शान्ति महत (महिला) र अपाङ्गबाट कवि गिरी विजय भएका छन् भने क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतीमा संस्थापन पक्षका महेस बहादुर मल्ललाई पराजित गर्दै देउवा पक्षका धन बहादुर खडका विजय भएका नेपाली काँग्रेसका नेता भक्त राज जोशीले बताए । त्यस्तै क्षेत्र नम्बर १ मा भने सहमतीका आधारमा सभापती र महाधिवेसन प्रतिनिधि छनौट गरिएको छ । जसमा क्षेत्रीय सभापतीमा देउवा पक्षका भक्त राज जोशी,संस्थापन पक्षका २ जना चन्द्रा जोशी र चेतराज बजाल बाँकी १० जना देउवा पक्षका अर्जुन जंग बहादर सिंह,पृथ्वी बहादुर सिंह,जगत प्रसाद जोशी,हर्कजंग बहादुर सिंह,खडका बोहरा,देवि कमारी सेटी(महिला) प्रकाश स्नेही(दलित)केशव नगरकोटी(जनजाती)नन्दकृष्ण जोशी (अपाङ्ग) बाट महाधिवेसन प्रतिनिधि छनौट भएका छन । बझाङ जिल्लाबाट २२ जना महाधिवेसन प्रतिनिधिमा २ जना संस्थापन र २० जना देउवा पक्षका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप