सडकबाट : करविज्ञ भन्छन्, ‘कर छल्न खोज्ने कतिपय राजनीतिज्ञ नै छन्’
डा. चन्द्रमणि अधिकारी अन्तराष्ट्रिय कर विज्ञ नेपालको राजनीतिक अस्थिरताका कारण उठ्नुपर्ने जति कर नउठेको साँचो हो । अस्थिर राजनीतिकै कारण करदाताहरू कसरी कम कर तिर्ने भन्ने कुरामा ध्यान दिइरहेका छन् । अझ नेपालको कुरा गर्ने हो भने त करको चुवावट दर निकै बढी छ । प्रविधिको प्रयोगले विगतका वर्षहरूभन्दा कर चुहावट दर घटेको भए पनि अझै रोक्न आवश्यक काम हुन सकेको छैन । राजनीतिक अस्थिरताका कारण जनताले पाउनुपर्ने जति सुविधा नपाएकामा कारण पनि कर चुहावट पढेको हो । अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने विकसित मुलुकमा करको दर निकै उच्च छ । त्यहाँका जनताले पाउनुपर्ने सबै सुविधाहरू पनि पाएका छन् । त्यही कारण बिकसित मुलुकहरूमा कर चुवावट कम हुन्छ । कर भनेको सभ्यताको प्रारूप हो । अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने कर तिर्ने समाजलाइ सभ्य मानिन्छ । तर नेपालमा कर तिर्नुपर्छ भन्ने जानकारी नपाएकाहरू पनि छन् र कर तिर्नुपर्छ भन्ने थाहा पाएर पनि त्यसबाट उम्किन खोज्नेहरू पनि छन् । यसको मुख्य समस्या भनेकै देशको अस्थिर राजनीति हो । देशको अस्थिर राजनीतिका कारण कर सम्बन्धी नयाँ नीति नियमहरू व्यवस्थित ढंगले तर्जुमा गर्न सकिएको छैन भने राजनीतिक आडको भरमा कर छल्न खोज्नेहरू पनि छन् । हुन त राजनीति स्थिर भएका ठाउँमा पनि कर चुवावट नभएको होइन । तर ती ठाउँहरूमा कर चुहावट दर निकै कम छ । कर छल्नकै लागि करको दर कम भएको देशमा कम्पनी खोलेर काम गर्ने प्रचलन पनि छ । अझ कर छल्न खोज्नेहरूमध्ये कतिपय त राजनीतिज्ञ नै छन् । कतिपय देशहरूमा कर चुक्ताको प्रमाणपत्रबिना सांसद नै हुन नपाइने व्यवस्था पनि छ । त्यस्तो व्यवस्था नेपालमा हुन सके कर चुहावट निकै नै घट्ने थियो ।
मुकुन्ददेव अधिकारी अन्तराष्ट्रिय कर विज्ञ
भनिन्छ, हरेक भ्रष्टाचारी नेताको पछाडि भ्रष्ट व्यापारीहरूको जमात पनि हुन्छ । नेपालमा पनि यो भनाइ सान्दर्भिक छ । राजनीतिक अस्थिरताकै कारण कर चुहावट बढेको पक्कै हो । देशमा राजनीतिक स्थिरता नहुनाले त्यसको प्रत्यक्ष असर राजश्व विभागमा पनि परेको छ । कतिपय अवस्थामा देशमा भएका कानुनहरूबारे अपव्याख्या पनि भएका छन् । हामीले प्रमाणबिना कसले भ्रष्टचार गर्यो त भन्न सक्दैनौं तर नेपालको राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार मौलाएको भने पक्कै हो । देशमा ठूला–ठूला बेचविखन हुँदा पनि आन्तरिक राजस्व विभागले गर्नुपर्ने जति काम नगर्दा कतिपय अवस्थामा राज्यले पाउनुपर्ने कर समेत गुम्न सक्ने डर छ । देशको राजनीतिक अस्थीरताकै कारण देशले उठाउन सक्नुपर्ने जति कर उठाउन सकेको छैन । नेपालको कर प्रणालीमा भएका कतिपय कमीकमजोरीहरूलाई पनि राजनीतिक अस्थिरताकै कारण सुधार्न सकिएको छैन । जसका कारण देशले ठूलो हानी व्यहोरिरहेको छ । ठूलो मात्रामा कर उठ्नुपर्ने ठाउँमा समेत राज्यले आफ्नो पकड देखाउन नसक्दा धेरै राजश्व गुमेको छ । देशमा चलखेलका कुरा उस्तै सुनिन्छन् । तर त्यस्ता चलखेलको आरोप लागेकाहरूलाई राज्यले अनुसन्धानको घेरामा ल्याउनुपर्ने जति ल्याएको देखिँदैन । जसका कारण नेपालको कर चुहावट दर निकै बढेको हो ।
शेषमणि दाहाल ट्याक्सपर्टका संस्थापक कर भन्नेबित्तिकै तिर्नु नपरे हुन्थ्यो भन्ने सोच जो कसैमा आउनु नौलो होइन । तर कर तिर्नुपर्छ भन्ने भावना जागरुक गराउन नसक्नु राज्यको कमजोरी हो । यसो त कर केका लागि तिर्ने भन्ने बहस पनि नेपालको सन्दर्भमा उठिरहेको छ । जनताले पाउनुपर्ने आधारभूत सुविधा पाएका छैनन् भने कर चेतनाको समेत कमी स्वाभावि हो । नेपालजस्तो विकसित मुलुकमा कर चुहावट हुनु असामान्य कुरा होइन । तर राजनीतिक अस्थिरताका कारण जनतामा ‘कर तिरेर के नै हुन्छ र ?’ भन्ने भावना आएको भने पक्कै हो । मैले स्थापना गरेको ‘ट्याक्सपार्ट’ का कतिपय प्रयोगकर्ताहरू पनि कर कति तिर्नुपर्छ भन्दा पनि कसरी कम कर तिरे हुन्छ भन्नेतर्फ उद्दत रहेको पाएको छु । कर नतिर्ने कतिपय ठूला करदाताहरूलाई नै राजनीतिक संरक्षण हुनुले पनि देशमा कर चुहावट बढेको हो ।
प्रस्तुति ः सुरज प्याकुरेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण