भ्रष्टाचार मुद्दामा सशस्त्रका अर्का पूर्व महानिरिक्षकसहित ४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक शैलेन्द्र श्रेष्ठसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सामान ढुवानी गर्दा फर्जी बिल बनाएर भ्रटाचार गरेको आरोपमा श्रेष्ठसहित चार जनाविरुद्ध आइतबार मुद्दा दायर भएको हो । मुद्दा दायर भएका अन्य तीन जनामा तत्कालीन लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक तकमान महरा, भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र श्रेष्ठ तथा अदिती ट्रान्सपोर्टका संचालक भरत कुमार थापा रहेका छन् । अख्तियारले यसअघि नै सशस्त्रका पूर्व प्रहरी महानिरिक्षक कोषराज वन्तसहित अन्य ९ जनाविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भइसकेको छ । श्रेष्ठको करिब २०६८ श्रावण देखि चैत्र सम्मको नौ महिने कार्यकालमा भएका ढुवानी प्रकरण उपर अनुसन्धान गर्दा श्रेष्ठको आदेशरनिर्देशनमा तत्कालीन लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक तकमान महरा, भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र श्रेष्ठ तथा अदिती ट्रान्सपोर्टका संचालक भरत कुमार थापा समेतको मिलेमतोमा भ्रष्टाचार भएको पाइएको थियो । उनीहरुले सामान नै ढुवानी नगरी झुठ्ठा बिल भरपाई तथा पत्रहरू तयार गरी संचालन मै नरहेकोरनभएको सत्यम् ट्रान्सपोर्टबाट समेत सामान ढुवानी गराएको भनि उक्त ट्रान्सपोर्टको समेत नक्कली बिल पेश गरी ८० लाख ९३ हजार ६ सय १० बराबरको रकम नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्याउने कार्य गरेको अख्तियारले ठहर गरेको छ । अख्तियारले श्रेष्ठ र महराविरुद्ध ८० लाख ९३ हजार रुपैयाँ विगोदाबी गरेको छ । भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र श्रेष्ठसँग १८,३९,५१० रुपैयाँ र अदिती ट्रान्सपोर्टका संचालक भरत कुमार थापा सँग ५७,२१,५७० रुपैयाँ विगो दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण