बार्सिलोनाद्वारा लेभान्ते २–० ले पराजित
आइतबार, २४ माघ २०७२, १८ : ४०
बार्सिलोना – लेभान्तेलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । आइतबार सम्पन्न खेलमा बार्सिलोना २–० गोल अन्तरले विजयी बनेको हो ।
लेभान्तेको घरेलु मैदानमा भएको खेलमा डेभिड नभारोले खेलको पहिलो हाफमा आत्मघाती गोलगरेपछि बार्साले अग्रता लिएको थियो ।
निकै तनावपूर्ण भएको खेलमा ७ जना खेलाडीले पहेँलो कार्ड खाएका थिए ।
खेलको अन्तिम मिनेटमा गोल गर्दै लुइस सुवारेजले बार्सिलोनाको जीत सुनिश्चित गरे ।
२२ खेलबाट बार्सिलोनाको ५४ अंक रहेको छ भने २३ खेल खेलेको एथ्लेटिको ५१ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण