एनसेलमा अनावश्यक डाटा सकियो ? : एनसेल आफैले दियो ६ सुझाव
काठमाडौं - मोबाईल सेवा प्रदायक एनसेलले ग्राहक सचेतनाको पहल शुरु गरेको छ, जस अन्तर्गत कम्पनीले डेटा ग्राहकलाई आफ्नो मोबाईलमा ब्याकग्राउण्ड डेटा बन्द गरेर अनावश्यक ब्यालेन्स खर्च हुनबाट जोगिन अनुरोध गरेको छ । मोबाईल सेट, विशेष गरि स्मार्ट फोनमा रहेका विभिन्न एप्लिकेसनले स्वतः अपडेट लगायतका कार्यमा डेटा खपत गर्ने भएकोले यसरी थाहै नपाई डेटा प्रयोग हुनबाट रोक्न ब्याकग्राउण्ड डेटा डिसएबल गर्न सुझाएको हो । यसले ग्राहकलाई ईन्टरनेट नचलाउँदा पनि ब्यालेन्स काटिएको अप्रिय अनुभवबाट सुरक्षित राख्छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता बमोजिम कम्पनीले ग्राहक सचेतनाको यस्तो पहल शुरु गरेको हो । पहल अन्तर्गत कम्पनीले ग्राहकलाई मोबाइलमा इन्टरनेट नचलाउँदा पनि परोक्षरुपमा ब्याकग्राउण्डमा रहेका अपरेटिङ्ग सिष्टम तथा एपले डेटा खपत गर्न सक्ने र यसले गर्दा लाग्ने डेटा शुल्कको बारेमा विभिन्न माध्यमहरु जानकारी मुलक सन्देशहरु दिईरहेको छ । यसरी लाग्ने ब्याकग्राउण्ड डेटा चार्जिङ्गका बारेमा जानकारी दिन कम्पनीले छुट्टै आइभिआर नम्बर १७१२८ पनि संचालनमा ल्याएको छ । ग्राहकले यो नम्बरमा डायलगरी कसरी ब्यागग्राउण्ड डेटा चार्जिङ्ग हुन्छ, यो हुन नदिन के गर्ने र आफ्नो ब्यालेन्स कसरी बचाउने भन्ने बारेमा जानकारीहरु लिन सक्छन् । साथै कम्पनीले अनलाइन ब्यालेन्स रिचार्ज गर्ने पेजमा, पत्रपत्रिकामा कमिक्स् स्ट्रिपहरु मार्फत र डेटा प्याकका लिफलेटहरुबाट पनि ब्यागग्राउण्ड डेटा चार्जिङ्गको बारेमा जानकारी दिइरहेको छ । · यस अन्तर्गत कम्पनीले ग्राहकलाई स्मार्टफोनमा रहेका विभिन्न एप्लिकेसनहरुले स्वतः थाहै नदिई सिस्टम अथाव एप अपडेट गर्नेबाट जोगिन आफुलाई आवश्यक नभएको बेलामा मोबाइल डेटा अफ गर्न सुझाएको छ ।
· डेटा अन गर्ने वितिक्कै कुनै पनि एपको नोटिफिकेसन आउँछ भने यो थाहा पाउन सकिन्छ कि ग्राहकले नचलाएको बेलामा पनि एपले डेटा प्रयोग गरिरहेको छ । त्यसैले आफूलाई आवश्यक पर्ने एप्लिकेसनको लागि मात्र ईन्टरनेट प्रयोग गर्न गाहकले मोबाईलको डेटा वा ईन्टरनेट सेटिङ्गमा गई चाहिने एपहरु मात्र टिक गर्नु उपयुक्त हुन्छ । अन्य एपलाई वाईफाईमा मात्र प्रयोग हुने गरि सेटिङ्ग मिलाउदा मोबाईल डेटाको खपत ग्राहकको नियन्त्रणमा रहन्छ ।
· यस बाहेक डेटा अन गर्दा मोबाईलबाट स्वतः डेटा ट्रान्सफर पनि सुचारु हुन सक्छ जसले गर्दा शुल्क लाग्दछ । यसलाई रोक्न र अतिरिक्त शुल्क लाग्नबाट जोगिन ग्राहकले आफ्नो स्मार्टफोनको सेटिङ्गमा गई ‘अटोमेटिक अपडेट अफ’, ‘अपडेट अन वाईफाई’ वा ‘रिसट्रिक्ट मोबाईल ब्याकग्राउण्ड डेटा’ मा टिक गर्न सक्छन् ।
· यस्ता सिस्टम वा एप अपडेटहरु जहाँ वाईफाई सेवा उपलब्ध छ त्यस्तो स्थानमा गर्न सकिन्छ । त्यसका लागि ग्राहकले आफ्नो स्मार्टफोनको सेटिङ्मा गएर ‘अपडेट अन वाईफाई’ मा टिक गर्न सक्छन् ।
· साथै ग्राहकले आफ्नो मोबाईललाई वाईफाई हटस्पट बनाउँदा आफुले बाहेक अरुले पनि सो वाईफाई प्रयोग गर्न सक्छन् । यसो हुँदा पनि ग्राहकलाई आफ्नो ब्यालेन्स घटिरहको थाहा नहुन सक्छ ।
· वाईफाई सेवा उपलब्ध भएको ठाउँमा डाउनलोड पुरा हुन नपाउँदा वा सामाजिक संजालका साईटबाट लगआउट नभएमा पनि डेटा अन हुने बितिक्कै डाउनलोड सुचारु हुन वा पेज फेरी स्वतः चल्न थाल्छ । त्यसैले सामाजिक संजालका साईटबाट लगआउट गर्न र एप डाउनलोड र अपडेट गर्न ‘अपडेट अन वाईफाई’ गर्न बिर्सन हुन्न ।
यी लगायतका ब्याकग्राउण्ड डेटा चार्जिङ्गका बारे जानकारी लिन एनसेलले ब्यालेन्स इन्क्वाइरी गर्दा होस् वा कल समाप्ति पछि आउने जानकारीमा ग्राहकलाई १७१२८ मा डायल गर्न सूचना प्रवाह गरिरहेको छ । “डेटा प्रयोगकर्ताको संख्या बढिरहेको विद्यमान परिप्रेक्ष्यमा ग्राहकलाई सुसूचित रहन तथा थाहै नपाई हुने संभावित डेटा प्रयोग र शुल्कका बारेमा जानकारी दिन यस्तो पहल जरुरी छ । यसले सेवा प्रतिको अनुभवलाई थप राम्रो बनाउनमा योगदान पु¥याउने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण