पशुपंक्षीमा पुरानो प्रबिधिको नविकरण र किसानको संरक्षण प्राथमिकतामा : मन्त्री मानवी
काठमाडौ – पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले पशुपंक्षीका क्षेत्रमा पुरानो प्रबिधिलाई नविकरण गरेर लैजाने र किसानहरुको क्षमता बढाउने लक्ष्यका साथ कार्य अगाडि बढाएको बताएकी छिन् । दुग्ध विकास संस्थान कर्मचारी संघ नेपालको २६ औं स्थापना दिवसको उद्घाटन गर्दै मन्त्री मानवीले किसानलाई पहिलो प्राथमिकता दिएर उनीहरुको संरक्षण गरिने बताईन् । मन्त्री मानवीले भनिन्, ʽपशुपंक्षीको विषयमा अहिले गर्दै आएको पुरानो प्रबिधिलाई नविकरण गरेर लैजाने,किसानहरुको क्षमता बढाउन उत्पादक र उपभोक्ताबीचमा समन्वय गराउने र त्यसलाई सुधार गरेर लैजाने लक्ष्य रहेको छ । किसानहरु, कर्मचारीहरु र स्वयंसेवकबाट हामी यसलाई सफल पार्नेछौं ।ʼ दुग्ध उत्पादक किसानको संरक्षण गर्न पशुपंक्षीमा उन्नत नश्ल, पौष्टिक आहार र स्वास्थ्य उपचारको व्यवस्थापन गराईने प्रतिबद्धता जनाउँदै मन्त्री मानवीले यसका लागि जनशक्ति व्यवस्थापनको कार्य सुरु भईसकेको धारणा राखिन् । सरोकार निकायले पनि आयातलाई प्रतिस्थापन गर्दै निर्यातको रेकर्ड राख्ने कार्ययोजनाअनुरुक कार्य गर्न निर्देशन दिएकी छिन् । कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिम्सिनाले किसानले उत्पादन गरेका दुग्धपदार्थलाई खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । उनले भने ʽसंस्थानलाई आर्थिक हिसाबले चल्नसक्ने अवस्थामा पुर्याएका छौं, ३ वर्षभित्र दुग्धजन्य क्षेत्रमा नेपाललाई आत्मनिर्भर गराउने सरकारको लक्ष्यअनुरुप किसानले उत्पादन गरेका दुग्धपदार्थ खपत र संकलन गर्नेछौं, खेर जान दिनेछैनौं ।ʼ गतवर्षदेखि दुग्धजन्य पदार्थको आयात पूर्णरुपमा रोकिएको दाबी गर्दै तिम्सिनाले आगामि दिनमा मख्खन र पाउडर दुधको निर्यात गरिने लक्ष्य प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष बलराम फुयालले संस्थानलाई आत्मनिर्भर पार्न कर्मचारीहरुले आन्तरिक सुधारका योजना अगाढि बढाउनुपर्ने धारणा राखेका छन् । अनुशासन, उत्पादकत्व वृद्धि र बजारको व्यवस्थापनमा आफुहरुले जोड दिएको भन्दै उनले संस्थालाई राम्रो बनाउन प्राबिधिकहरुसँगको छलफलमार्फत संस्थानलाई सुधार गराएरै लैजाने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सहभागीहरुले ४० प्रतिशत बजार हिस्सा ओगटेको डिडिसिले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै सफा, स्वच्छ बिक्री केन्द्रको स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कर्मचारी संगठनका नेताहरुले ज्यालादारी कर्मचारीलाई तत्काल स्थायी गर्नुपर्ने माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण