अर्थमन्त्री पौडेल र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता
आइतबार, २४ माघ २०७२, २३ : ०५
काठमाडौँ, – भारत भ्रमणमा रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग आज भेटवार्ता भएको छ ।
भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा नेपाल–भारत सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको अर्थमन्त्री पौडेलका निजी सचिव धनीराम शर्माले जानकारी दिए ।
विदेशमन्त्री स्वराजले भारत सरकारको सहयोगमा सञ्चालित परियोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउन र थप सहयोग गर्न आफूहरू तयार रहेको अर्थमन्त्री पौडेललाई विश्वास दिलाएका थिए ।
यस्तै, भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारका तर्फबाट प्राप्त हुने सहयोग रकमलाई पनि तत्काल उपलब्ध गराउने वचन विदेशमन्त्री स्वराजले अर्थमन्त्री पौडेललाई दिनुभएको शर्माले बताए ।
‘‘विदेशमन्त्रीसँग दुई देशको परियोजना, नयाँ आयोजनाका बारेमा महत्वपूर्ण कुराकानी भयो र प्रधानमन्त्री ओलीको भ्रमणलाई सार्थक बनाउन दुबै पक्षले सकारात्मक पहल गरिने भएको छ’’, अर्थमन्त्री पौडेललाई उद्धृत गर्दै शर्माले भने ।
यस्तै, भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउने र थप सुमधुर बनाउने विषय केन्द्रित रहेको थियो । सोमबार बिहान नेपाल र भारतका उच्च अधिकारीबीच थप छलफल हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई सहजीकरण गर्न आज बिहान मात्रै त्यसतर्फ जानुभएका अर्थमन्त्री पौडेल नयाँदिल्ली पुगेलगत्तैै भेटवार्तामा व्यस्त रहेका हुन् ।
यसअघि नयाँदिल्ली पुगेलगत्तै उनले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए ।
सो अवसरमा उनले द्विपक्षीय हित र चासोका बारेमा कुराकानी गरेको अर्थमन्त्री पौडेलका सल्लाहकार मोहन चपागाईंले जानकारी दिए ।
गृहमन्त्री सिंहसँगको भेटवार्तामा मन्त्री पौडेलसँग अर्थ सचिव लोकदर्शन रेग्मी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीलगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री ओलीको आगामी फागुन ७ गतेबाट हुने भनिएको भारत भ्रमणलाई द्विदेशीय सम्बन्ध र आसपी सहयोगको विस्तारका लागि अर्थमन्त्री पौडेलको भ्रमण केन्द्रित रहेको छ ।
अर्थमन्त्री पौडेलले सोमबार समकक्षी अरुण जेट्लीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण