आर्सनल लिगको तेस्रो स्थानमा, युनाइटेड चेल्सी बराबर
लण्डन – पहिलो हाफमा ८८ सेकेण्डभित्र गरेको दुई गोलको मद्दतले बोर्नेमाउथलाई पराजित गर्दै आर्सनल लिगको तेस्रो स्थानमा उक्लेको छ । टोटनहमसँग समान ४८ अंक भएपनि गोल अन्तरको आधारमा आर्सनल तेस्रो स्थानमा रहेको हो । आइतबार राती भएको खेलमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसको केही सेकेण्डभित्रै एलेक्स ओक्सालेड च्याम्बरलिनले अर्को गोल थप्दै आर्सनलको अग्रता दोब्बर बनाए । खेलको सातौं मिनेटमा आर्सनलका म्याथ्यु फ्लामिनी रातो कार्ड खानबाट जागिएका थिए । यता, बोर्नेमाउथले बेलाबेला राम्रो खेल प्रदर्शन गरे पनि गोलको अवसर सदुपयोग गर्न सकेन ।
त्यस्तै, आइतबार नै भएको अर्को खेलमा डिएगो कोस्टाले अन्तिम मिनेटमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई जीतबाट बञ्चित गरे । निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफमा जेसे लिन्डेगार्डको गोलको मद्दतले युनाइटेडले अग्रता लियो । खेल युनाइटेडको पक्षमा गइरहेको बेला खेलको ९१ औं मिनेटमा सिसेक फाब्रिगासको पासमा कोस्टाले गोल गर्दै चेल्सीलाई बराबरीमा फर्काए । खेलमा चेल्सीका कर्ट जुमाको खुट्टा भाँचिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण