शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बिस हजार विद्यार्थीबाट प्रदर्शनी अवलोकन

सोमबार, २५ माघ २०७२, १० : ४९
सोमबार, २५ माघ २०७२

काठमाडौँ– छेटौँ साउथबेस्टन विज्ञान प्रदर्शनी तथा क्यारियर इन म्यानेजमेन्टमा बिस हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् । बसुन्धरास्थित साउथबेस्टन कलेज परिसरमा आयोजित उक्त दुई दिने प्रदर्शनीमा बिस हजारभन्दा बढीले अवलोकन गरेको जानकारी कलेजले दिएको छ । प्रदर्शनी शुक्र्रवार सम्पन्न भएको छ । कलेजमा आयोजित प्रदर्शनी समापन कार्यक्रममा बोल्दै नेपाल सरकारका पर्यटन राज्य मन्त्री बलबहादुर महतले देशलाई आत्मनिर्भर बनाई अगाडी बढ्न यस्ता प्रदशनीहरु सहयोगी हुने बताए । उनले सरकारले सिर्जनात्मक कार्यहरुके प्रवद्धनका लागी निती तथा कार्यक्रमहरु बनाई आगामी दिनमा हरेक खालका सहयोग गर्ने तयार रहेको समेत बताए ।

कार्यक्रममा उक्त कलेजका प्रमुख डा.राजेन्द्र केसीले शिक्षाले जीवन जीउने कला सिकाउन सक्नुपर्छ भन्दै गणुणस्तरीय शिक्षा नै आफूहरूको मुख्य लक्ष्य भएको विचार व्यक्त गर्नुभयो । विद्यार्थीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गराउन सक्ने बनाउनु नै आफूहरूको मुख्य लक्ष्य भएको उनले बताए ।

उच्च माध्यामीक् शिक्षा परिषद् र त्रिभुबन विश्व विद्यालयका विधिन्न तहमा उत्कृष्ट अकं ल्याई उत्र्तीण विद्यार्थीहरु तथा विभिन्न खेलकुद र अतिरिक्त कृयाकलापहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण प्रत्र समेत सो कार्यक्रममा प्रदान गरिएको थियो । सो प्रदशनीमा सहभागी सेन्ट लरेन्स कलेज, नेपाल मोडेल स्कुल र गोल्डेन गेट कलेजले क्रमश प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरि मेडेल, सिल, नगद तथा प्रमण प्रत्र प्राप्त गरेका थिए । उक्त प्रदशनीम ४० भन्दा बढी स्टलहरु प्रदशीत गरिएको थियो । साउथबेस्टन कलेज, गोल्डन गेट कलेज लगायतका राजधानीमा विभिन्न कलेजको सहभागिता रहेको प्रर्दशनीमा हेलिकप्टर, स्थानीय साम्रागी बाट ब्रिकेट उत्पादन, हाइडोलिक क्रेन, भोटीङ मेसीन, सोलार ल्लान्ट, इको सिस्टम लगायतको स्थानीय साम्रगीबाट निर्मित बिभिन्न विद्यार्थीका प्रतिभा मुख्य आर्कषण थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप