कास्की कांग्रेसमा शर्मा र केसीको उमेद्वारी घोषणा
पोखरा –नेपाली कांग्रेस कास्कीको सोमवार हुने निर्वाचनको लागि सभापति पदमा वर्तमान पाटी सचिव कृष्ण केसी र पूर्व सभापति शुक्रराज शर्माले उमेद्वारी घोषणा गरेका छन् । आईतवार दिन भर कोठे वैठकमा सहभागी भएका उनीहरुले पछिल्लो समयसम्म पनि सहमतिमा जान नसकेपछि साँझ ५ वजे पार्टी कार्यालय चिप्लेढुंगामा उमेद्वारी घोषणा गरेका हुन् । यसअघि पार्टी सचिव भएका कृष्ण केसीले नेतृत्व परिवर्तनलाई आत्मसाथ गर्दै आफूले उमेद्वारी दिएको वताएका छन् । संस्थापन पक्षका केसीलाई नेपाली कांग्रेस देउवा पक्षले समर्थन गरेको छ । यसैगरी यसअघि १७ वर्षसम्म कास्की कांग्रेसको सभापति भै सकेका शुक्रराज शर्माले पार्टीलाई अझ सुदृढ र सशक्त वनाउन उमेद्वारी दिएको वताएका छन् । नेपाली कांग्रेस कास्कीको नेतृत्व लिन यसअघि ६ जना व्यक्तिले इच्छा देखाएपनि पछिल्लो समयमा आएर केसी र शर्माले मात्र उमेद्वारी घोषणा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण