शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौ फाइनान्सद्वारा आफ्नो दोश्रो शाखा दमकमा विस्तार

सोमबार, २५ माघ २०७२, ११ : ०६
सोमबार, २५ माघ २०७२

काठमाडौं–काठमाण्डौ फाइनान्सको दोश्रो शाखा दमकमा उदघाटन गरिएको छ । उक्त शाखा नेपाल राष्ट्र बैंकको निर्देशक तथा विराटनगर शाखा प्रमुख रामु पौडेलले शाखा कार्यालयको औपचारीक उद्घाटन गरे । फाइनान्सको ब्यबसायिक तथा उच्च ब्यबस्थापनले आधुनिक बैंकिङ्क सेवा दिने कुरामा आफु बिस्वस्थ रहेको बताए । कार्यक्रम संचालन समितिका अध्यक्ष श्री महेन्द्रलाल राईको सभापतित्वमा सम्पन्न भयो । फाइनान्सको विगत, वर्तमान तथा भावि योजना र नीति को वारेमा प्रमुख कार्यकारी अधिकृत राज कुमार राईले प्रष्ट पारे । फाइनान्सले सुनसरी जिल्लाको धरानमा पनि शाखा विस्तार गर्न लागेको विज्ञप्तिमा जनाएको छ । हाल फाइनान्सको चुक्ता पूंजी रु.३८ करोड ४ लाख, निक्षेप संकलन रु.१ अरब ५१ करोड र कर्जा प्रवाह रु. १ अरब २७ करोड रहेको विज्ञप्तिमा जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप