दुर्गाको ऐना सार्वजनिक
काठमाडौं–गायिका दुर्गा परियारको दोस्रो गीतिसंग्रह ऐना सार्वजनिक भएको छ । छायाँछवि क्रियशनको आयोजनामा राजधानीमा एक कार्यक्रमको आयोजना गरी ऐनाको सार्वजनिक गरिएको हो । छायाँछविका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि अभिनेत्री बसुन्धरा भुसाल, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, नाचघरका महाप्रबन्धक राजेश थापा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, रेडियो नेपालका उपनिर्देशक एवं संगीतकार टीका भण्डारी, संगीतकार राजु सिंह, गीतकार राजेन्द्र थापा, संगीतकार सुरेश अधिकारी लगायतले गायिका परियारको गीतिसंग्रह ऐनालाई सार्वजनिक गरेका थिए ।
गायिका दुर्गा परियारले कार्यक्रमलाई स्वागत गर्दै खोजी प्रतिभाले आज प्रतिभा पस्कन मद्दत गरेको बताउँदै निर्देशक दिनेश डिसी, संगीतकार सुरेश अधिकारी, गायक राजेशपायल राईका कारण आज गायिका बन्ने अवसर मिलेको बताएकी थिइन् । उनले पत्रकार शान्तिप्रियको सहयोगलाई भुल्न नसक्ने बताउँदै आफूलाई गायिका बनाउन सहयोग पु¥याउने सम्पूर्णलाई आधार प्रकट गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट अभिनेत्री बसुन्धरा भुसालले गायिका दुर्गा परियारको स्वरको प्रशंसा गर्दै गीतिसंग्रह ऐना सार्वजनिक गर्ने अवसर मिलेकोमा आयोजक संस्थालाई आभार प्रकट गरेकी थिइन् । भुसालले ऐनाले समाजको यथार्थ चित्रण गरेजस्तै गीतिसंग्रह ऐनाले पनि उनको गायकीपनलाई प्रष्ट पार्ने बताएकी थिइन् । त्यस्तै ऐनाको समीक्षा गर्दै संगीतकार सन्तोष श्रेष्ठले एउटा पाश्र्व गायिकामा हुनुपर्ने सम्पूर्ण गुण भएको बताएका थिए । श्रेष्ठले गायिका परियारको स्वरलाई संगीतकार र गीतकारहरुले सुहाउँदो बनाइदिएको कारण पनि ऐना उत्कृष्ट बन्न सफल भएको बताएका थिए । खोजी प्रतिभादेखि दोस्रो एल्बम प्रकाशनमा ल्याउँदासम्म उनको स्वर तीन करोड नेपालीको बीचमा समधुर बन्न पुगेको श्रेष्ठले बताए । त्यस्तै संगीतकार सुरेश अधिकारीले गायिका परियारको सम्भावना देखेरै हामीले उनको स्वर छान्न सफल भएका हौं । उनको मेहनत, गायकीपन दिनानुदिन राम्रो बन्दै गएको बताउँदै खोजी प्रतिभाकी प्रतिभा गायिका दुर्गा परियार सफल पाश्र्व गायिकाको रुपमा परिचित हुने बताएका थिए । त्यस्तै चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले आफ्नो चेलीका रुपमा लिएको बताउँदै पोखरादेखि खोजीप्रतिभाको टोलीले छानेर ल्याएको दुर्गा उत्कृष्ट बन्दै आज गायिका बन्दा आफूलाई गर्वको महसुस भएको बताएका थिए । उनको प्रगतिले शिखर चुम्दै गर्दा आफूलाई खुशी र आनन्दको महसुस हुन्छ भन्दै डिसीले खोजीप्रतिभाको एउटा चेलीले प्रकाशन गरेको ऐनाले वास्तवमै ऐनाजस्तै स्रोताहरुका सामु छर्लङ्ग हुन सक्नेछ भन्ने शुभकामना दिएका थिए । राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापाले गायिका दुर्गा परियारको प्रगति देखेर आफू खुशी भएको बताउँदै ऐनाको सफलता शुभकामना दिएका थिए । थापाले जनसांस्कृतिक महासंघमा सँगै काम गरिरहेकी एउटी सदस्यको गायकीले प्रगतिशील धारदेखि मायाप्रेमसम्म गीत गाइरहँको देख्दा उनको जुझारुपनमा आफूलाई गर्वानुभूति भएको बताएका थिए ।
त्यस्तै संगीतकार टीका भण्डारीले रेडियो नेपालको लाइबेरीमा पछिल्लो गीतिसंग्रहका रुपमा ऐना दर्ता भएको बताउँदै दुर्गाको गायकीको चर्चा गरेका थिए । गायिका परियार प्रतिभाका बारेमा चर्चा गर्दै भण्डारीले दुर्गा वास्तवमै अन्जु पन्तपछिकी पाश्र्व गायिका बन्नेमा आफू आशावादी रहेको बताएका थिए । उनले स्वमदन भण्डारीदेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको गीतमा समेत स्वर दिइसकेकी गायिका दुर्गा परियारले आगामी दिनमा महिला गायनको मार्गमा अग्रपंक्तिमा प्राप्त गर्ने बताएका थिए । त्यस्तै कार्यक्रमको अध्यक्षताको हैसियतबाट बोल्दै चलचित्र पत्रकार संघका अध्यक्ष एवं छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले गायिका दुर्गाको पाश्र्व गायनदेखेर भविश्य राम्रो भएको बताएका थिए । खोजी प्रतिभाले ल्याएको प्रतिभा गायिका दुर्गा परियारको स्वर र स्वभावले पनि भोलिका दिनमा उनले सांगीतिक उचाइ कायम गर्ने बताएका थिए । उक्त कार्यक्रममा गायिका दुर्गा परियारको श्रीमान मुन्ना बहादुर गुरुङको एउटा गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो भने ऐना एल्बमभित्रको ऐना हेरेरै बोलको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
ऐना एल्बममा ६ वटा गीतहरु समावेश गरिएको छ । म त हजुर, छचल्कियो, ऐना हेरेरै, किन हुन्छ्यौ ठूली, छातिमाथि शिर, नाइँ नाइँ भन्दा भन्दैजस्ता गीत रहेका छन् । रमेश बिजी, भुपेन्द्र खड्का, यमन सुवेदी, वसन्त सापकोटा, राजुबाबु श्रेष्ठ, राजेन्द्र थापाको शब्दरचना रहेको छ भने सुरेश अधिकारी, राजु सिंह, महेश खड्का, वसन्त सापकोटा, हरि लम्साल, आशिष अबिरलको संगीत रहेको छ । ऐनालाई ध्रुवसत्य इन्टरटेनमेन्टले बजार प्रबद्र्धन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण