शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनसम्पर्क समिति कतार फुुटको संघारमा

सोमबार, २५ माघ २०७२, ११ : १७
सोमबार, २५ माघ २०७२
दोहा, नेपालमा महाधिबेशनको अन्तिम तयारिमा रहेको नेपाली कांग्रेसको बैदेशिक शाखा मध्धेको एक जनसंम्पर्क समिती कतार फुुटको संघारमा पुुगेको छ । महाधिबेशन प्रतिनिधी चयन गर्ने क्रममा बिमल सुुबेदीको अध्यक्षतामा रहेको बर्तमान कार्यसमितीले क्रियाशिल सदस्यहरुलाई जानकारी समेत नदिई आफुुखुुसी प्रतिनिधी चयन गरेपछि असन्तुुस्ट पक्षले मोहम्मद साकिर अलीको संयोजकत्वमा संघर्ष समितिनै गठन गरेको छ । रामबाबुु यादब, याकुुब मियां, सुुनिल मन्डल, उमेर आलम, रामकुुमार मण्डल र रामेश्वर मण्डल रहेको समितीले पत्रकार संम्मेलन गरि समानान्तर समिति बनाउने अन्तिम तयारि गरेको बताएको छ । आइतबार गरेको पत्रकार संम्मेलनमा संघर्ष समितीका संयोजक साकिर अलीले १३औ महाधिबेशनकालागी प्रतिनिधी छनौट गर्दा मधेसको प्रतिनिधित्वन भएकोमा तिब्र असन्तुुस्टी जनाएका थिए । अलीका अनुुसार बर्तमान कार्यसमितिले नेपाली कांग्रेसको स्थापितबिधि, मान्यता र प्रक्रिया मिच्दै कोठामा बसेर प्रतिनिधी छनौट गरेको आरोप संम्मेलनमा लगाएका छन् । कतारमा रहेका ५सय ४२ क्रियासिल सदस्यमध्ये झण्डै ४० प्रतिशत मधेसका छन् । तर ७ जना प्रतिनिधि छनौट गर्दा मधेसका एकजनालाई पनि पारिएन । यो कोठे निर्णय न सच्याउने हो भने कतारमा जनसंम्पर्क समितीको समानान्तर समिती गठन हुुन्छ अलीले भने । बर्तमान कार्यसमितीको मिचाहा र हेपाहा प्रबृतिकाबारेमा केन्द्रीय नेताहरुलाई समेत जानकारी गराई सकेको उनले बताएका छन । गत अगस्ट १० बाटै बैधानिक हैसियत सकिएको बर्तमान कार्यसमितीले २२ जनावरीमा अधिबेशनको मिति तोकेर पनि आफुुहरु महाधिबेसन प्रतिनिधीकारुपमा नेपाल जानकालागी बिधान मिचेर अधिबेशनन गराएको आरोप उमेर आलमले लगाएका छन । नेपालको संबिधान एबं नेपाली कांग्रेसको बिधानबमोजिम दलित, महिला, आदिवासी, जनाजाती, मुुस्लिम एबं मधेसी समुुदायको आरक्षण कोटा एकातिर हुँदाहुँदै र अर्कातिर झण्डै ४० प्रतिसत क्रियासिल सदस्य समेतको अबमुुल्यन गरेको र निर्णय सच्चयाउन निबेदन दिदा समेत सुुनुुवाई नभए पछि आफुुहरु समानान्तर समितीको बाटो तर्फ अगाडी बढेको संघर्ष समितीका सदस्य सुुनिल मण्डलले बताए । जनसंम्पर्क समितीकतारका पुुर्ब महामन्त्रीकरिम बक्स मियांले समस्याको समाधानका लागी सभापति लगायत अन्यअग्रजहरुले सबैको उचित सम्मान हुुनेगरी तत्काल सुुझबुुझ पुुर्ण निर्णय लिइ संस्थाको गरिमा जोगाउन आग्रह गर्दै अन्यथा संम्भाबित दुुर्घटनाको जिम्मेवारी लिन चेतावनी दिएका थिए । गत २९ जनावरीमा जनसंम्पर्क समितीकतारले बिमल सुुबेदी, बद्रि प्रसाद पाण्डे, नरेन्द्र बहादुुर भाट, धिरज चाम्लिड., क्रान्ति सिंह, भिम बलायर र मोहम्मद अजिज अली गरि ७ जनालाई महाधिबेसन प्रतिनिधी तोकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप