हिमपातकाबीच काँग्रेसको जिल्ला अधिवेशन हुँदै
सोमबार, २५ माघ २०७२, १३ : २७
जुम्ला– यहाँ हिमपात भएपनि नेपाली काँग्रेस जुम्लाको छैठौँ जिल्ला अधिवेशन सुरु हुनेभएको छ ।
केन्द्रीय सदस्य दिनवन्धु श्रेष्ठसहितको नेतृत्व तहमा बसेको बैठकले छैठौँ जिल्ला अधिवेशनलाई सौहार्द, शान्त र मर्यादित बनाउने निर्णय गरेको छ । आज बिहानबाट हिमपात भएकाले अधिवेशन केही हदसम्म प्रभावित भएको छ ।
अधिवेशन हलमा भए पनि सञ्चालन गर्ने कि स्थगित गर्ने भन्ने विषयमा निक्र्योल भइनसकेको कार्यबाहक सभापति दीपबहादुर अनुसार हिमपात भए पनि अधिवेशन अगाडि बढाइने छ ।
छैठौँ जिल्ला अधिवेशनमा चन्दननाथ नगरपालिकाबाट ७० र अन्य २६ वटा गाविस गरेर २४१ जना मतदाता सङ्ख्या रहेको कार्यबाहक सचिव कर्णबहादुर शाहीले बताउनुभयो ।
यसअघि धेरैले सभापतिमा दाबी गरे पनि अहिले तीनजना आकाङ्क्षी रहेको सचिव शाहीको भनाइ छ । उहाँले लोकतान्त्रिक परिपाटीबाट चल्ने पार्टीले लोकका बीचमा उम्मेदवार छोड्ने सिद्धान्त हुँदाहुँदै पनि प्रतिस्पर्धाको अभ्यास पनि अगाडि बढेको बताउनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण