तीर्थयात्रु बोकेको ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु
सोमबार, २५ माघ २०७२, १३ : ३५
कावासोती– माघे औँसीमा स्नान गर्न त्रिवेणीधाम आएको भारतीय तीर्थयात्रु बोकेको ट्र्याक्टर पल्टिँदा दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलरासीका प्रहरी निरीक्षक सुभास गैरेका अनुसार उत्तरप्रदेशको नेचरुनबाट आएको ट्र्याक्टर आज बिहान नवलपरासीको गुठीसूर्यपुरा–७ सूर्यपुरामा पल्टिँदा उत्तरप्रदेश सिमराकी ६० वर्षीया कर्मवलीदेवी गुप्ता र सोही ठाउँका १७ वर्षीय रमेश गुप्ताको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो ।
दुर्घटनामा परी १० जना घाइते भएका छन् । उनीहरूको चौपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । औँसीमा स्नान गर्न स्वदेशी तथा विदेशी भक्तजन त्रिवेणी धाममा आउने गरेका छन् ।
त्यसैगरी कुडिया–६ स्थित महलबारीमा मुखबाट रगत बगेको अचेत अवस्थामा एक युवकलाई भेटेपछि उपचारका लागि पृथ्वीचन्द्र अस्पताल लगेकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गैरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण