कांग्रेस मोरङको सभापतिमा लिम्बू र भण्डारीको प्रतिस्पर्धा
सोमबार, २५ माघ २०७२, १३ : ३८
पथरी – नेपाली काँग्रेस मोरङको आज हुने निर्वाचनमा सांसद डिगबहादुर लिम्बू र पूर्व सचिव गोपालमानसिंह राजभण्डारीबीच कडा प्रतिस्पर्धा हुनेभएको छ ।
शनिबार बिहानैदेखि संस्थापन पक्षबाट एउटै उम्मेदवारी तय गर्न पटक पटक भएका छलफल पछि आइतबार साँझ मात्रै सभापतिको दाबी गर्दै आएका अन्य चारजनाले पूर्व सचिव राजभण्डारीलाई उम्मेदवार बनाउने टुङ्गो लगाएका थिए ।
सभापतिको उम्मेदवारीको घोषणा गरेका यदु विष्ट, केदार कार्की, विश्वनाथ रिजाल र मदन सङ्ग्रौलाले उम्मेदवारी फिर्ता लिएपछि संस्थापनबाट राजभण्डारीको उम्मेदवारी पक्का भएको हो ।
त्यस्तै देउवा पक्षबाट एक्ला तर सशक्त उम्मेदवारका रूपमा लिम्बू खडा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण