काँग्रेस कञ्चनपुरमा चारजना आकाङ्क्षी
सोमबार, २५ माघ २०७२, १३ : ३९
भीमदत्तनगर, माघ २५– नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको कार्यतालिकाअनुसार कञ्चनपुरमा आज जिल्ला कार्यसमितिको सभापतिसहितको पदमा निर्वाचन हुँदैछ ।
वडा, नगर, क्षेत्र हुँदै आज जिल्ला नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । काँग्रेस कञ्चनपुरको सभापतिका लागि भोजराज बोहरा, गोपाल गुरुङ, हरिप्रसाद बोहरा र पदम बोगटी चुनावी मैदानमा उत्रिएका छन् ।
चारजनामध्ये तीन पटक काँग्रेस कञ्चनपुरको सचिवमा जिम्मेवारी सम्हालिसकेका भोजराज बोहरा यहाँका पुराना नेतासमेत हुन् । त्यस्तै गुरुङ काँग्रेसको भ्रातृ सङ्गठन आदिवासी जनजाति क्षेत्रमा जिल्लामा सक्रिय राजनीति गर्दै आएका व्यक्ति हुन् ।
त्यसैगरी हरि बोहरा हालका पार्टी उपसभापति हुन् भने बोगटी हाल सचिव पदमा जिल्लाको पार्टीको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् । सभापतिको आकाङ्क्षी देखिएका गुरुङबाहेक बाँकी तीनजना नेता कञ्चनपुरको क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
भोजराज बोहरा र गोपाल गुरुङ पार्टीभित्र संस्थापन र हरि बोहरा र पदम बोगटी देउवा पक्ष निकट मानिन्छन् । सभापतिसँगै समितिको अन्य पदका लागि पनि आजै उम्मेदवारी दर्ता गरिने र मङ्गलबार मात्रै निर्वाचन हुने काँग्रेस कञ्चनपुरले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण