आइओसीले तेल भर्न थाल्यो, आजै वीरगन्ज नाकाहुँदै ट्यांकर भित्रिने
काठमाडौं– भारतीय आयल निगमले नेपाल आयल निगमले पठाएको ट्यांकरमा इन्धन भर्न सुरु गरेको छ । शनिबार नेपाल आयल निगम र भारतीय निगमबीच तेल भर्ने सहमतिपछि निगमले ट्यांकर रक्सौल पठाएपनि आइतबार सार्वजनिक बिदा परेको भन्दै इन्धन भरिदिएको थिएन । तर आजदेखि भने आइओसीले तेल भरिदिन थालेको हो । निगम स्रोतका अनुसार इन्धन भरिएसँगै आजै वीरगन्ज नाकाहुँदै ट्यांकर भित्रिने बताइएको छ । लामो समयदेखि अवरुद्ध रहेको वीरगन्ज–रक्सौल भन्सार नाका शुक्रवार दिउँसोवाट खुलेपछि निगमले रक्सौल डिपोमा इन्धन भर्न ट्याङ्कर पठाएको हो । सो नाकावाट असोज ७ गतेयता कुनै पनि ट्याङ्कर रक्सौल डिपोमा इन्धन भर्न गएका थिएनन् । यसअघि पेट्रोलियम पदार्थ भरेर नेपाल ल्याउन लगिएका ट्याङ्करलाई आन्दोलनकारीले अवरोध गरेपछि रिरुट गरेर विराटनगर, भैरहवा लगायतका नाकाबाट नेपाल भित्र्याइएको थियो ।
यो नाका सञ्चालनमा नआएसम्म मुलुकमा इन्धनको आपूर्ति सहज हुन सकेको छैन । मुलुकमा खपत हुने कुल इन्धनको ७० प्रतिशत पेट्रोल, डिजेल यही नाका भएर भित्रिने गरेका छन् ।
त्यस्तै, खाना पकाउन प्रयोग हुने एलपी ग्यासको ८० प्रतिशत र हवाई इन्धनको ९० प्रतिशत यही नाकाबाट भित्रिने गरेको निगमको अमलेखगन्ज डिपोले जनाएको छ । स्थानीयवासी र सीमावर्ती भारतीय सहर रक्सौलका व्यापारीले शुक्रबार दिउँसोदेखि सञ्चालन गराएको वीरगन्ज–रक्सौल भन्सार नाका अहिले सहज बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण