सात वर्षपछि राष्ट्रिय जनमोर्चाको नयाँ समिति चयन
सोमबार, २५ माघ २०७२, १५ : १५
चितवन–राष्ट्रिय जनमोर्चाको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
सात वर्षपछि भएको अधिवेशनले डम्बर पुरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यकाल दुई वर्षको रहनेछ ।
विसं २०६५ सालमा पहिलो अधिवेशन भएर मोहनमणि ढकालको नेतृत्वमा दुई वर्षका लागि कार्यसमिति चयन भएको भए पनि संविधान निर्माणको क्रममा रहेकाले ढिला गरी दोस्रो अधिवेशन भएको हो ।
निवर्तमान अध्यक्ष मोहनमणि ढकालका अनुसार समितिको उपाध्यक्षमा अम्बरबहादुर क्षेत्री, सचिवमा पुष्पकमल सुवेदी र कोषाध्यक्षमा चेतनाथ वाग्ले चयन भएका छन् ।
सत्र सदस्यीय कार्यसमितिसँगै आइतबार नै तीन वैकल्पिक सदस्यसमेत चयन भएको ढकालले आज जानकारी दिए । जिल्ला अधिवेशनको केन्द्रीय महासचिव सन्तबहादुर नेपालीले उद्घाटन गरेका थिए ।
अधिवेशनले सङ्घीयताविरुद्धको मुद्दालाई अघि बढाउने निर्णय गरेको ढकालले जानकरी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण