बालविकास केन्द्रलाई विद्यालयको संरचनाभित्र राखेर दरबन्दी कायम गर्न माग
सोमबार, २५ माघ २०७२, १५ : १९
काठमाडौ– बालविकास केन्द्रका स्वयम सेविकाहरुले केन्द्रलाई विद्यालयको संरचनाभित्र राखेर दरबन्दी कायम गर्न माग गरेका छन ।
उनीहरुले शिक्षाको जग नै बालविकास भएको तर साना साना शिशुहरुको स्याहार गरेर उनीहरुलाई औपचारिक शिक्षाको लागि तयार पर्ने स्वयम सेविकाहरुमाथि राज्यले विभेद गरेको गुनासो गर्दै यस्तो अवस्थाले मुलुकको शिक्षाको विकास हुन नसक्ने तर्क गरे ।
केन्द्रीय शिशु सञ्जाल तदर्थ समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बालवालिकालाई दिनभरी हेर्ने कामको चुनौतिलाई महसुस नगरे उनीहरुलाई विद्यालयको संरचनाभित्रै राखेर न्याय गर्न आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा सस्थाकी मोरङ्ग सचिव लिला धमलाले शिक्षाको महत्वपूर्ण खुड्किलोको रुपमा रहेकोले बाल विकास केन्द्रहरुलाई विभेद गर्दासम्म शिक्षाको स्तरोन्नती नहुने भन्दै बालवालिकालाई दिउसो खाजा, सुत्ने लगायतका ब्यवस्था गर्न आवश्यक रहेका बताईन ।
सोक्रममा समितिका तर्फबाट ७ बुँदे माग पत्र सार्वजनिक गरिएको थियो । जसमा केन्द्रलाई बिद्यालयको संरचनाभित्र ल्याएर दरवन्दी कायम गर्नु पर्ने, प्रावि शिक्षकको दरबन्दी तलब कायम गरिनु पर्ने, विद्यालय प्रशासनबाट हुने उत्पीडनको अन्त्य, स्थायी प्रक्रियामा जान एक पटक उमेरहदको ब्यवस्था गर्नु पर्ने, पूर्व प्राथमिक शिक्षकको रुपमा रुपान्तरण गर्नु पर्ने लगायतका रहेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण