पम्पमा छैन, पसलमा पेट्रोल ! निगम भन्छ, 'सामान्य भइसक्यो'
दाङ– दाङको तुलसीपुरमा कालोबजरी मौलाएका कारण इन्धनको अझै पनि अभाव देखिएको छ । पेट्रोल पम्पमा पाइने इन्धन पसल पसलमा पाइन थाले पछि अभाव भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । डिजेज विक्रिका लागि पसलहरुमा खासै नदेखिए पनि पेट्रोल भने विभिन्न पसलहरुमा लुकिछुपी विक्रिवितरण हुदै आइरहेको छ । पसलवालाहरुले पेट्रोल २ सय देखि ढाइ सय रुपैयाँ प्रतिलिटर विक्रि गर्ने गरेका छन् । पसल वालाहरुले तेलआएको समयमा जर्किनका जर्किन पेट्रोल पम्पहरुबाट खरिद गरेर विक्रि गर्ने गरेका छन भने लाममा बसेर पनि पम्पहरुबाट पेट्रोल नपाउने सवारीचालकहरुले पसलमा गएर किन्न बाध्य भएको बताउछन् ।
यता नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरले माघ महिना सुरु भए यता तुलसीपुरमा अहिले सम्म एक लाख लिटर पेट्रोल भित्रिएको जनाएको छ । तर पनि अभाव कायमै छ , जुन अघिल्लो बर्षको माघ महिनमा आएको एक लाख ७ हजार लिटर पेट्रोलाई तुलना गर्ने हो भने ७ हजार लिटर ले कमि हुन आउछ । प्रसाशनले बजार अनुगमन गरेर अबैध रुपमा पेट्रोल विक्रिवितरण गर्नेलाई कार्बाही गर्ने हो भने सहजता आउन सक्ने नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले बताए ।
यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफलले कालोबजारी रोक्ने सबैको दायित्व भएको बताए । ‘सबैले कालोबजारी भयो भन्छन्, तर कहाँ भयो ? कस्ले ग¥यो ? त्यो कसैले भन्दैन्न अनि कसरी हुन्छ नियन्त्रण ? कम्तिमा प्रशासनलाई खबर त गरिदिनुस्’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण