आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मधेसी मोर्चाले गर्यो औपचारिक रुपमै नाका खुलेको घोषणा

सोमबार, २५ माघ २०७२, १९ : १५
सोमबार, २५ माघ २०७२

काठमाडौं, माघ २५– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लामो समयदेखि जारी सीमानाका  अबरोध तत्कालको लागि स्थगन गरेको घोषणा गरेको छ । मोर्चाको आज बसेको बैठकले वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्धारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै जारी रहेको आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्द गर्ने कार्यक्रम तत्कालका लागि फिर्ता लिने घोषणा गरेको हो ।

यद्यपी अन्य संघर्षका  कार्यक्रमहरु भने यथावत राख्ने निर्णय गरिएको  चार दल सम्मिलिन मोर्चाका अध्यक्षहरुले संयुक्त  रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा आन्दोलनका क्रममा मोर्चाबाट भएका कमि कमजोरी र त्रुटिहरुको समीक्षा गर्दै र त्यसलाई सच्याउँदै आन्दोलनलाई अझ सशक्त र व्यापक रुपमा अगाडि बढाउनका लागि आवश्यक तयारी  एवं गृहकार्य गरी आन्दोलनलाई तराई÷मधेश÷थरुहटका साथै काठमाडौं सहित अन्य क्षेत्रहरुमा पनि परिचालन गर्ने उल्लेख छ । यस्तै मोर्चालाई अझ बढी व्यापक र प्रभावकारी बनाउन यस मोर्चाभन्दा बाहिर रहेका राजनीतिक पार्टी/मोर्चालाई समावेश गरिने भएको छ । मोर्चा आन्दोलनरत रहेकै बेलामा आन्दोलन फिर्ता लिएको वा आन्दोलनरत शक्ति पराजित भएको भनि  विभिन्न प्रचारबाजी, भएको भन्दै  मोर्चाले खेद प्रकट गरेको छ ।

मोर्चाको नाकाअवरोध तथा बन्द बाहेकका संघर्षका कार्यक्रमहरु यस्ता छन्ः (क) २०७२ माघ २९ गते, जिल्ला सदरमुकामहरुमा मसाल जुलूस प्रदर्शन गर्ने, (ख) २०७२ फाल्गुन ५ गते, जिल्ला सदरमुकामहरुमा लाठी जुलूस प्रदर्शन गर्ने, (ग) २०७२ फाल्गुन ७ गते, जिल्ला सदरमुकामहरुमा विरोध सभा गरी मोर्चाले राखेका ११ बुँदे माग जन समक्ष प्रस्तुत गर्दै गाउँ/नगरहरुमा जनमत संकलनका रुपमा हस्ताक्षर अभियान संचालन गर्ने,

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप