आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नुवाकोट कांग्रेसमा महत र केसीबीच भीडन्त, बहादुरको समर्थन महतलाई

सोमबार, २५ माघ २०७२, १७ : ४०
सोमबार, २५ माघ २०७२

नुवाकोट– नुवाकोट कांग्रेसमा जनदीश्वर नरसिंह केसी र रमेश महतबीच सभापति पदका लागि भीडन्त हुने भएको छ । उनीहरु दुबैले आज प्यानलसहित उम्मेद्वारी दर्ता गराएका छन् ।

केसी प्यानलबाट सचिवमा सुरेन्द्र अधिकारीको उम्मेद्वारी परेको छ भने कोषध्यक्षमा महेन्द्र थिङको उम्मेद्वारी परेको छ । यस्तै महत पक्षबाट सचिवमा श्रीराम श्रेष्ठ मैदानमा छन् भने कोषध्यक्षमा मनिराम केसीको उम्मेद्वारी परेको छ । केसी प्यानललाई केन्द्रिय सदस्य अर्जुन नरसिंहकेसीको समर्थन रहेको छ भने महतलाई केन्द्रिय सदस्य रामशरण महतको समर्थन छ ।

अघिल्लो कार्यकालमा दुई प्रतिष्र्धीमध्ये फरक फरक प्यानलबाट केसी सभापतिमा निर्वाचित भएका थिए भने महत सचिवमा निर्वाचित भएका थिए । देशभर संस्थापन र देउवापक्षबीच कांग्रेसमा प्रतिश्पर्धा चलिरहँदा नुवाकोटमा भने केसी र महत समुहबीच प्रतिश्पर्धा हुन लागेको हो । स्मरण रहोस् केन्द्रिय राजनीतिमा रामशरण महत र अर्जुननरसिंह केसी संस्थापनकै पक्षमा रहेका छन् । नेतृत्वको लागि भोलि निर्वाचन हुने कार्यक्रम छ ।

यसैबीच सभापतिमा दुई उम्मेद्वारबीच कडा प्रतिश्पर्धा हुने आंकलन गरिएपनि महतको पक्षमा माहौल बढेको बताइन्छ । क्षेत्रीय अधिवेशनबाट महत पक्षका बहुसंख्यक प्रतिनिधि चयन भएको बताइन्छ भने अर्का सभापतिका दाबेदार तथा सांसद समेत रहेका बहादुर सिंह लामाले उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेर महतलाई समर्थन गर्ने बताएका छन् । जसका कारण महतको पक्षमा थप माहौल बनेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप