मोर्चा विभाजनको संघारमा : सद्भावनाले भन्यो, मोर्चाको विज्ञप्ति ‘फर्जी स्टाइलको’
काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको भित्रको विवाद उत्कर्षमा पुगेको छ । मोर्चाभित्र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लामो समयदेखि रहँदै आएको विवादले मोर्चा विभाजनको तहसम्म पुगेको छ । आज तराई मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने अभिव्यक्ति दिएर गल्ती गरेको ठहर गर्दै जनतासमक्ष लिखित माफी माग्नु पर्ने निर्देशन दिएपछि विवाद उत्कर्षमा पुगेको हो । तमलोपाका अध्यक्ष महन्थ ठाकुर निवासमा भएको मोर्चाको बैठकमा एक अर्कालाई आरोप प्रत्यारोप भएपछि पुनः अर्को बैठक बस्ने शीर्ष नेताहरुबीच सहमति भएको थियो । १०ः३० बजे एक ठाउँमा जानुपर्ने भन्दै ठाकुरले बैठक स्थगित गरेका थिए । त्यसबेलासम्म मोर्चाको कुनै निर्णय भएको या हुने कुनै कुरा भएको थिएन । बैठक सकाएर राजेन्द्र महतोले आफ्नै घरमा पदाधिकारीको बैठक बोलाएका थिए । यता पदाधिकारीको बैठक चलिरहँदा मोर्चामा आवद्ध बाँकी तीन दलले भने मोर्चाको निर्णय भन्दै विज्ञप्ति सार्वजनिक गर्यो । सार्वजनिक विज्ञप्तिमा नाकाबन्दी आमअड्ताल, स्थगित गर्ने निर्णय गर्नुको साथै अब उप्रान्त आन्दोलनलाई क्षति पुग्ने कुनै प्रकारको निर्णय नगर्न निर्देशन दिएको छ ।
महतोको शंकास्पद गतिविधि तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई विज्ञप्तिको बारेमा जिज्ञासा राख्दा उनले भने राजेन्द्र महतोले गल्ती गरेकाले माफी माग्नुपर्ने धारणा राखे । उनले भने, ‘महतोजीलाई हस्ताक्षरका लागि पटक पटक बोलाउँदा नआउने अनि के गर्ने ? उहाँका लागि कति पर्खिने ? त्यही भएर वहाँको हस्ताक्षर बिना नै विज्ञप्ति जारी गर्यौं ।’ राजेन्द्र महतोको गतिविधि शंकास्पद देखिएको बताउँदै महेन्द्र यादवले भने, ‘हामीले मोर्चाको बैठकमा बोलाउँदा नआउने तर प्रधानमन्त्रीले एउटा फोन गर्दैमा आउने यो के हो ? यसलाई शंकाको रुपमा लिने कि नलिने ? नाकाबन्दी फिर्ता लिने अभिव्यक्ति दिने बित्तिकै काठमाडौ आउनु, प्रचण्डले बधाई दिनु, प्रचण्डकै निवासमा गएर भेट्नु, प्रधानमन्त्री ओलीलाई राती १० बजे गोप्य रुपमा भेट्नु, सबै शंकास्पद कुरा हुन् । उहाँले नाकाबन्दी षड्यन्त्रपूर्वक खोलाएकै हुन् ।’ उनले नाकाबन्दी, आमहड्ताल फिर्ता नभएको तर स्थगित भएको बताए । ‘राजेन्द्रका कारण खुलिसकेको नाका पुनः बन्द गराउन नाकामा मधेशी जनताकै बीचमा तनाव हुने स्थिति देखिएकाले हाललाई स्थगित गरिएको हो,’ यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण