कांग्रेस १३ औं महाधिवेशन : कैलालीमा भाँडभैलो, सांसद् ओझाद्वारा राजीनामाको घोषणा
कैलाली – नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरतग यहाँ जारी सभापति निर्वाचनमा भाँडभैलो मच्चिएपछि सांसद् पुष्करनाथ ओझाले महासमिति सदस्य, महाधिवेशन समिति र सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । पत्रकार सम्मेलन गर्दै ओझाले शेरबहादुर देउवासँग भएको सहमति अनुसार जिल्लामा गठबन्धन नबनेको भन्दै उनले सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले राजीनामाको घोषणा गरेसँगै मतदान केन्द्रमा देउवा पक्षीय कार्यकर्ताहरुले तोडफोड शुरु गरेका थिए । नारायण दत्त भट्ट लगायतले तोडफोड शुरु गरेपछि देउवा पक्षका दुई समूहबीच नै झडप भएको थियो । संस्थापन पक्ष बलियो स्थितिमा रहेको कारण भाड भैलो मच्चाइएको बताइएको छ । झडपपछि निर्वाचन स्थगित गरिएको छ । दोलखामा पनि स्थगित यता, कांग्रेस दोलखा जिल्ला सभापतिको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।
संस्थापन र देउवा पक्षबीचको विवादका कारण स्थगन भएको छ । विवाद निकै चर्कदै गएपछि अधिवेशनस्थलमा तोडफोड भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण