निमाको किर्तीमानी स्वर्णसँगै नेपालको नाममा १२ पदक
गुवाहाटी – निमा घर्तिमगरको किर्तीमानी स्वर्ण पदकसँगै भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ११ पदक जितेको छ । सिलोङमा सोमबार भएको प्रतिस्पर्धामा निमाले उसुतर्फ थाउलोको छानछ्वान विधामा भारतिय खेलाडीलाई हराउँदै स्वर्ण चुमेकी थिइन् । सो प्रतियोगीतमा भारतले रजत र पाकिस्ताने काँस्य पदक जिते । आईतबार भएको पहिलो चरणको खेलमा निमाले ८.८४ र आज भएको दोस्रो चरणमा ८.४६ अंक सहित कुल १६. ९२ अंक हाँसिल गर्दै उनले स्वर्ण चुमेकी हुन् । यो सँगै प्रतियोगीताको चौंथो दिन जारी रहँदा नेपाले पदक संख्या ११ पुर्याएको छ । जसमा एक किर्तीमानी स्वर्ण सहित ४ रजत र छ काँस्य रहेका छन् । उसुमा १ स्वर्ण, ३ रजत, भारोत्तोलनमा १ रजत र २ कांस्य, कुस्तीमा २ कांस्य जितेको नेपालले पौडीमा दुई र टेबलटेनिसमा १ कांस्य जितेको छ । सोमबारको अर्को प्रतिस्पर्धामा उसुतर्फ नान क्वान अल राउण्डको पुरुषमा युवराज थापाले रजत पदक जितेका छन् । पहिलो चरणमा ८ दशमलव ८८ अंक हात प्राप्त गरेका थापाले दोस्रो चरणमा ९ दशमलव २१ अंक सहित कुल १८ दशमलव १३ अंक हात पार्दै रजत जिते । यसअघी आईतबार उसुकै सुस्मिता तामाङ र विजय सिंलाजीले नेपालका लागी रजत पदक जितेका थिए । यो जितसँगै उसुका तिन खेलाडी प्रतियोगीताको फाईनलमा पुगेका छन् । सान्सौतर्फ ७० केजीमा बिन्दु पुन मगर, सान्सौको ५२ केजीमा झरना गुरुङ र सोही बिधाको ६० केजी तर्फ जुनि राई फाईनलमा पुगेका हुन् । को हुन निमा ? रुकुममा जन्मेकी निमा राजधानीको डनबस्को स्कुलमा अध्ययनरत छिन् । पहिलोपटक अन्तर्राष्टिय प्रतियोगीतामा सहभागी भएकी निमाले देशका लागी गोल्ड जित्न पाउँदा आश्यचर्य लागेको प्रतिक्रिया दिइन् । आगामी चैतमा एसएलसी दिने तयारी गरिरहेकी निमाले रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘शुरुमा निकै डर महशुस भएको थियो तर स्वर्ण आएपछी गौरव फिलीङ भयो ।’ ललितपुरको ग्वार्कोमा बस्दै आएकी निमाले जितको श्रेय आफ्नो गुरु अभिभावक र साथीभाईलाई दिँदै भनिन्, ‘सवैको साथ सहयोगले यो पदक जित्न सकेँ ।’ भविष्यमा देशका लागी अझै ठुलो पदक जित्ने सपना पालेकी निमा चार बर्षअघी उसु खेल्न थालेकि थिईन् । उनका पिता मन्सुर घर्तिमगर काठमाडौंमा ट्याक्सि चलाउँछन् । पुनालाई रोल्पामा छाडेर मन्सुर साउदी अरब गएका बेला रुकुमको दुर्गम गाउँमा निमा जन्मेकी थिईन् ।
गौरिकाले दिलाईन् कांस्य दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीकी गौरिका सिंहले काँस्य पदक जितेकी छिन् । प्रतियोगीताको चौंथो दिनको प्रतिस्पर्धामा पौडीबाज गौरिका सिंहले ब्याक स्टोक अन्तर्गत एक सय मिटरको दुरी १ मिनेट सात दशमलव ३१ सेकेन्डमा पुरा गर्दै कांस्य पदक जितेकी हुन् । उनले आईतबार पनि २ सय मिटर ब्याक स्टोकमा काँस्य पदक जितेकी थिईन् । पदकसँगै उनले आफनै नाममा रहेको राष्ट्रिय रेकर्ड पनी ब्रेक गरेकी छिन् । यसअघी १०० मिटर ब्याक स्टोकमा उनको नाममा १ मिनेट ८ दशमलव १२ सेकेन्डको राष्ट्रिय रेकर्ड थियो । त्यस्तै पौडीका शिरीष गुरुङले राष्ट्रिय रेकर्ड ब्रेक गरेका छन् । पुरुषको ४०० मिटर मिड्लेतर्फ ५ मिनेट ९ दशमल ४९ सेकेन्डमा दुरी पूरा गर्दै उनले राष्ट्रिय रेकर्ड ब्रेक गरेका हुन् । कुस्ति टोली बाहिरीयो १२ औं सागमा दुई काँस्य पदक जितेको कुस्ति टिम सोमबादेखी प्रतियोगीताबाट बाहिरीएको छ । सोमबार गुवाहाटी स्थित डिटीआरटी इन्डोर स्टेडीयममा भएको खेलमा नेपालका प्रतिस्पर्धीहरु शान्ती चौधरी, लिला सिंह र भानु थपलीयाले कुनै नतिजा हात पार्न सकेनन् । यसअघी कुस्तिमा नेपालका लागी सरोज यादव र रामवावु यादवले काँस्य पदक जितेका थिए ।
महिला भलिबल टिम भारतसँग पराजित १२ औं साग अन्तर्गत महिला भलिबलमा नेपाल पराजित भएको छ । सोमबार भएको प्रतिस्पर्धामा भारतले नेपाललाई ३–० को सेटमा पराजित गरेको हो । कुल तिन सेटको खेलमा भारतले २५ अंक जोड्दा नेपाली महिला टोली १५ अंकमा सिमीत बन्यो । भारोत्तलोनमा नेशनल रेकर्ड ब्रेक प्रतियोगीतको चौंथो दिन भारोत्तोलन खेलाडी दिनेश श्रेष्ठले आफ्नै नाममा रहेको राष्ट्रिय रेकर्ड ब्रेक गरेका छन् । गुहावटीस्थित भोगेश्वर फुकानानी इन्डोर स्टेडियममा सोमबार भएको प्रतिस्पर्धामा दिनेशले स्न्याच र क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय रेकर्ड ब्रेक गरे । स्न्याचतर्फ ११६ केजीको रेकर्ड ब्रेक गरेका थापाले ११७ केजीको नयाँ रेकर्ड बनाएका छन् । त्यस्तै क्लिन एण्ड जर्क तर्फ तर्फ १४६ केजीको रेकर्ड ब्रेक गर्दै थापाले १४७ केजीको नयाँ रेकर्ड कायम गरे । सोमबार प्रतिस्पर्धा गरेका भैरव सिंह थापा स्न्याचमा डिस्क्वालीफाई हुँदै प्रतियोगीता बाट बाहिरीए भने लक्ष्मि बनले ब्यक्तिगत खेलमा केही सुधार गरेपनी नतिजा हात पार्न सकिनन् । अर्का खेलाडी गगन सिंह ओलीले पनी ब्यक्तिगत प्रदर्शन सुधार गरे तर नतिजा हात पर्न सकेनन् । ओलिले क्लिन एण्ड जर्क तर्फ १३५ केजी र स्न्याचतर्फ १११ केजी भार बहन गरेका थिए । साङक्लिङमा अन्तिम साग साइक्लिङ अन्तर्गत ७० किमी टिम टाइम ट्रेलमा नेपाली खेलाडी अन्तिममा रह्यो । गुवाहाटीमा सोमबार विहान भएको स्पर्धामा नेपाली टोलीका नारायण गोपाल मर्हजन, अजय पण्डित क्षत्री, आईमान थिङ तामाङ र बुद्धि बहादुर तामाङले प्रतिघण्टा ३६.३६२ किलो मिटरदुरी दौडिए । पाँंच देश सहभागी टिम टाइम ट्रेलमा ४६.८६ प्रतिघण्टा दौडिएको भारतीय टोली पहिलो भयो । प्रतिघण्टा ४५.८९ किमी दौडिएको पाकिस्तान दोस्रो र प्रतिघण्टा ४५.७७ किमी दौडिएको श्रीलंका तेस्रो भयो ।
फोटोः पिजे क्लब
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण