मन्दिर हटाउन भन्दै हनुमानलाई सरकारी पत्र
सोमबार, २५ माघ २०७२, १९ : २२
पटना – पटनाको बेगुसराय जिल्लाको एक सर्कल अफिसरले भगवान हनुमानको नाममा सरकारी नोटिस पठाएका छन् । मन्दिरका कारण सर्वसाधारणलाई हिँड्न अप्ठ्यारो भइरहेको बताउँदै हनुमानलाई नोटिस पठाइएको छ । हनुमानको उक्त मन्दिर लोहिया नगरमा अवस्थित रहेको छ । यो मामिला बाहिर आउने बित्तिकै यसको व्यापक विरोध शुरु भएको छ । ठूलो संख्यामा बजरंग दलका कार्यकर्ता मन्दिरमा पुगेर हंगामा शुरु गरे । उनीहरुले सडक बन्द गर्नुका साथै प्रशासन विरुद्ध नाराबाजी गरे । उनीहरुले कुनै पनि हालतमा मन्दिर नहटाउने बताएका छन् । यसअघि सीतामढीमा पनि भगवान रामविरुद्ध मुद्दा दायर गरिएको थियो । यता, सर्कल अफिसरले अरु कै गल्तीका कारण पत्र पुगेको भन्दै माफी मागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण