२४ ट्यांकरमा वीरगञ्जबाट भित्रियो ३ सय ६८ किलोलिटर इन्धन, भोली २५ सय किलोलिटर आउने
सोमबार, २५ माघ २०७२, १९ : २७
वीरगञ्ज – आन्दोलनरत मधेसी मोर्चाले लामो समयदेखि अवरुद्ध पारेको वीरगञ्ज रक्सौल नाका खुलेपछि सोमबार २४ ट्यांकर इन्धन नेपाल भित्रिएको छ । आज भित्रिएको इन्धनमा डिजेल, पेट्रोल र हवाई–इन्धन रहेको छ । जसमा ११ डिजेल, ७ पेट्रोल र ६ वटा हवाई इन्धनको ट्यांकर रहेका छन् ।
नेपालले शुक्रबारदेखि नै रक्सौलमा ट्यांकर पठाउन शुरु गरेको थियो तर आइतबार बिदा हुने भएकोले सोमबारबाट भारतीय आयल कर्पोरेसन आइओसीले इन्धन दिन थालेको हो ।
अमलेखगञ्ज डिपोका क्षेत्रीय प्रबन्धक भानुभक्त खनालले दिएको जानकारी अनुसार आज ३ सय ६८ किलोलिटर इन्धन भित्रिएको छ । जसमा १ सय ८ किलोलिटर पेट्रोल, १ सय ४० किलोलिटर डिजेल र १ सय २० किलोलिटर हवाई इन्धन रहेको छ ।
‘हामीले ४ सय किलोलिटर पेट्रोल, १५ सय किलोलिटर डिजल र ४ सय किलोलिटर हवाई इन्धन माग गरेका थियौं जसमा आज जसमा ३ सय ६८ किलोलिटर इन्धन आएको छ,’ उनले भने, ‘भोली २५ सय किलोलिटर दिने तयारी भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण