अनेरास्ववियु : आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेजी
काठमाडौँ - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आसन्न सम्मेलनको निर्वाचनलाई प्रभाव पार्ने गरी प्रकाशन, प्रचारप्रसार तथा नारा, जुलुस गर्न नपाइने आचारसंहिता निर्माण गरेको छ ।
२२औँ राष्ट्रिय सम्मेलनका क्रममा हुने निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गरिने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष किशोरविक्रम मल्लले जानकारी दिनुभयो । यही माघ २७ देखि २९ गतेसम्म हुने सम्मेलनमा देशभरबाट करिब एक हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । सहभागीलाई खान, बस्नका लागि सुनधारा, बागबजार, नयाँ बजारलगायत आवासमा व्यवस्था मिलाइएको छ । स्थानीय भृकुटीमण्डपमा उद्घाटनसत्र सुरु हुनुअघि पार्टी तथा जनवर्गीय सङ्गठनका जुलुस प्रदर्शनीमार्गमा जम्मा भई समारोहस्थलसम्म पदयात्रा गरिनेछ । बन्दसत्र भने माघ २८ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने छ । यस पटकको सम्मेलनमा ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार : सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण