शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्रान्तिकारी पत्रकार संघ नुवाकोटमा गजुरेल

सोमबार, २५ माघ २०७२, २२ : ४६
सोमबार, २५ माघ २०७२

नुवाकोट– क्रान्तिकारी पत्रकार संघ नुवाकोटको नेतृत्वमा रामहरि गजुरेल चुनिएका छन् । तेस्रो जिल्ला भेलाले गजुरेलको संयोजकत्वमा१५ सदस्यिय जिल्ला सम्मेलन आयोजक समिति सर्वसम्मत चयन गरेको हो । समितिका सदस्यहरुमा जगदिश खनाल, राजु रिमाल, शक्तिमायाँ तामाङ, रुपा अर्याल, प्रदिप कट्टेल शर्मा, राजकुमार नेपाली, दिपक थापा, राजु मगराती, गोपाल मिजार, श्रीराम नेपाल, सोमबहादुर तामाङ र प्रदिप दाहाल रहेका छन् । यसैगरी भेलाले संघको आगामी फागुन ७ र ८ गते काठमाण्डौंमा हुने राष्ट्रिय सम्मेलनका लागि संयोजकसहित ८ जना प्रतिनिधि पनि सवसम्मत रुपमा चयन गरेको छ । प्रतिनिधिहरुमा रामहरि गजुरेल , धनबहादुर मिजार, बद्री प्याकुरेल, जगदिश खनाल, शक्तिमायाँ तामाङ, रुपा अर्याल, राजु गिरी र राजु रिमाल रहेका छन् । भेलाको उद्घाटन गर्दै एकिकृत नेकपा (माओवादी) का केन्द्रिय सदस्य एवं पुर्व सभासद् विमला सुवेदीले क्रान्तिकारी पत्रकार संघको आफ्नै बलिदानीपुर्ण इतिहास रहेको बताउँदै संघले परिवर्तन र श्रमजीवी जनताको पक्षमा सशक्त रुपमा भुमिका निर्वाृह गर्दै आएको र आगामी दिनहरुमा झनै सशक्त रुपमा लाग्नुपर्ने आवश्यकता रहेको बताइन् । क्रान्तिकारी पत्रकार संघका ३ नं. प्रदेश संयोजक सुनिल खड्काले नेपालको राजनीतिक परिवर्तनमा क्रान्तिकारी पत्रकारहरुले पु¥याएको साहसिकपुर्ण योगदान नेपाली सञ्चार जगतमै अतुलनिय रहेको चर्चा गरे । क्रान्तिकारी पत्रकार संघका निवर्तमान संयोजक बद्री प्याकुरेलको सभापतित्वमा आयोजित भेलाको सफलताको शुभकामना व्यक्त गर्दै एकिकृत नेकपा (माओवादी) नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष प्रकाश अधिकारी, नेपाल प्रेस युनियन नुवाकोटका पूर्व अध्यक्ष श्रीराम नेपाल, प्रेस चौतारीका जिल्ला अध्यक्ष देवचन्द भट्ट, एनेकपा (माओवादी) जन वर्गीय संगठन इन्चार्ज धनबहादुर मिजार, एकीकृत शिक्षक संगठनका अध्यक्ष दीपक ढुंगाना, क्रान्तिकारी पत्रकार संघ धादिङ्गका सचिव अर्जुन खतिवडा, राजु रिमाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लामा क्रियाशिल क्रान्तिकारी पत्रकार संघमा आवद्ध ३५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप