भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्री तथा पराष्ट्रमन्त्रीसँग छलफल
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणको विषयमा पूर्वप्रधानमन्त्री एवम् पराष्ट्रमन्त्रीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनले भ्रमणका क्रममा आफूले उठाउनुपर्ने विषयमा परामर्श गरेका हुन् । परामर्शमा सहभागी पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीले राष्ट्रिय हित र आवश्यकतालाई मुख्य केन्द्रबिन्दुमा राखेर द्विपक्षीय छलफल हुनुपर्नेमा जोड दिएका थिए ।
पूर्वप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीको धारणा एवम् सुझावलाई सुनेपछि प्रधानमन्त्री ओलीले आफ्ना विषय सूत्रबद्ध रुपमा प्रस्तुत गरेका थिए । “नेपाल एक स्वतन्त्र र सार्वभौम मुलुक भएकाले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर भारतीय पक्षसँग कुराकानी गर्छु”, प्रधानमन्त्रीले भने, “ भारतले सदैव नेपालको सार्वभौमसत्ता र अखण्डताको सम्मान तथा यो स्वतन्त्र राष्ट्र रहेकाले यसले स्वतन्त्र हैसियतले निर्णय गर्न सक्ने मान्यताको स्वीकार गर्नुपर्ने विषय नै हालका लागि महत्वपूर्ण विषय हो ।”
भारतको अघोषित नाकाबन्दीपछि नेपालले राख्दै आएको स्वाभिमानको अडान कायमै राख्ने तथा भविष्यमा समेत सार्वभौमसत्ता र अखण्डता तलमाथि हुन नदिने गरी भ्रमणका क्रममा आफ्नो धारणा राख्ने प्रधानमन्त्रीको भनाइ रहेको उनका परराष्ट्रविज्ञ गोपाल खनालले जानकारी दिए । यस्तै पञ्चशीलको आधारभूत सिद्धान्त एवम् संयुक्त राष्ट्रसङ्घको बडापत्रानुसार नेपालले छिमेकीसँगको सम्बन्धलाई अगाडि बढाउने बताउँदै प्रधानमन्त्री ओलीले प्राप्त भएका सुझाव एवम् सल्लाहको अक्षरशः पालन गरिने दृढता व्यक्त गरे ।
आफूले भ्रमणको तयारीका क्रममा पहिलो चरणमा प्राथमिक सुझाव लिएको बताउँदै प्रधानमन्त्री ओलीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाएर पनि थप छलफल गरिने जानकारी दिए ।
छलफलमा सहभागीले भारतको अघोषित नाकाबन्दीपछि दुई मुलुकको सम्बन्धमा केही समस्या पैदा भएको बताउँदै त्यसलाई पूर्ववत् अवस्थामा फर्काउन विशेष पहल गर्नु नै प्रमुख आवश्यकता भएको सुझाव दिएका थिए । “तिक्ततापूर्ण सम्बन्धलाई पूर्ववत् अवस्थामा फर्काउने विषय नै महत्वपूर्ण हो, नयाँ आधारमा नेपाल–भारत सम्बन्ध अगाडि बढ्नुपर्छ, राष्ट्रहित र चासो नै सर्वमान्य विषय हो ।” परामर्शमा सहभागी पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको साझा सुझाव थियो ।
सो अवसरमा उप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, माधवप्रसाद घिमिरे र महेन्द्रबहादुर पाण्डे, पूर्वपरराष्ट्र सचिव डा मदनकुमार भट्टराई, मधुरमण आचार्यलगायतको सहभागिता थियो ।
निकट भविष्यमा हुन लागेको भारत भ्रमण अगाडि प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा उठाइने कार्यसूचीका विषयमा चरणबद्ध छलफल सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण