भारतीय सम्बन्धनका खुला विद्यालयबारे छानबिन
सोमबार, २५ माघ २०७२, २३ : ०८
काठमाडौँ- शिक्षा मन्त्रालयले केही भारतीय सम्बन्धनका शिक्षालयले सञ्चालन गरेका खुला प्रकृतिको विद्यालय शिक्षासम्बन्धी कार्यक्रमको गुणस्तर, समकक्षता र समयावधिबारे अध्ययन गर्न सहसचिव डा लवदेव अवस्थीको संयोजकत्वमा तीन समिति गठन गरेको छ ।
समितिमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेल र उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम महाशाखाका प्रमुख जङ्गबहादुर अर्याल सदस्य रहनुभएको छ । समितिले पहिलो चरणमा भारतको राष्ट्रियमुक्त विद्यालय संस्थानअन्तर्गतका कार्यक्रमबारे अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिनुभयो । सो विद्यालयीबाट नेपालमा चार खुला प्रकृतिका विद्यालय सञ्चालित छन् ।
मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी सम्बन्धनका विद्यालयीलाई कानुनी दायरामा ल्याउन पहल गरिरहेको छ ।
अनुमति नलिए आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालनमा रोक्का गराउने निर्णय गरिएको छ । मन्त्रालयले बङ्गलादेशमा चिकित्सा शिक्षाका लागि छनोट हुने विद्यार्थीको मापदण्ड, ‘नो अब्जेक्सन लेटर’ र द्विपक्षीय अनुभव आदानप्रदानका लागि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गर्ने निर्णय पनि गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण