शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास

सोमबार, २५ माघ २०७२, २३ : ११
सोमबार, २५ माघ २०७२
काठमाडौँ– भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘भारत–नेपाल संयुक्त समूह तालिमअभ्यास सूर्यकिरण नवौँ संस्करण’ आजदेखि सुरु भएको छ । अभ्यासको भारतीय सेनाका ब्रिगेडियर जनरल सञ्जय शर्माले दुवै देशको राष्ट्रिय झन्डामा सलामी अर्पण गर्दै सैन्य अभ्यासको शुभारम्भ गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेनाबाट प्रमुख सेनानी अशोकबहादुर चन्दको नेतृत्वमा ३०० र भारतीय सेनाबाट ३०५ गरी ६०५ जनाको सहभागिता रहेको अभ्यास आगामी फागुन ९ गते सम्पन्न हुनेछ । यसअघि आठौं संस्करण नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्र, सालझन्डी, रुपन्देहीमा भएको थियो । संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जङ्गलमा गर्नुपर्ने युद्धकलासम्बन्धी प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रुपमा प्रयोग गर्न अभ्यास गर्नेछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप