ल्होछार ज्ञान महोत्सवमा अन्तरक्रिया कार्यक्रम
सोमबार, २५ माघ २०७२, २३ : ४३
बौद्ध –बौद्धनाथ क्षेत्रबिकास समितिको मुख्य प्रायोजनमा सोमबार बौद्धमा तामाङहरुलाई राजनितिमा जनचेतना जगाउने उद्देश्य सहित राजनितिमा तामाङ, तामाङ लैङ्गिकता र तामाङ भाषा र शिक्षा लगाएत विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
राजनितिमा तामाङ हिजो आज र भोली विषयको अन्तरक्रियाका वक्ताका रुपमाडा. गवणेश योञ्जन, बुद्धछिरिङ मोक्तान र सितारामतामाङ लगायत रहेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सिताराम तामाङले तामाङहरुको मुद्धा र राज्यपुनःसंरचनाको विषय अझै पनि जहाँको त्यही रहेको धारणा राखे । उनले राजनितिमा तामाङ नआए सम्म तामाङहरुको उन्नति नहुने भएको हँुदा तामाङ राजनितिमा आउनु अपरिहार्य रहेको दाबी समेत गरे ।
अन्तरक्रियाका अर्का वक्ताडा. गणेश योञ्जनले तामाङहरुले राज्यपूनः संरचनाको सन्दर्भमा कुनै पनि प्रकारको उपलब्धी हासिल गर्न नसकेको बताए ।
त्यस्तैगरी डा. योञ्जनले तामाङहरुमा ताम्सालीङले धेरै भूमि ओगटेको छ भन्ने बुझाई नै गलत रहेको समेत राखे ।
कार्यक्रममा बुद्धछिरिङ मोक्तानले अहिलेको नयाँ संबिधानमा समेटेको संघियतालाई पनि अहिलेका राजनैतिक नेताहरुले उल्टाउन कुनै कसर नछोड्ने र यसले तामाङ जातिलाई फाईदा नहुने ठोकुवा गरे ।
महोत्सवमा तामाङमा लैङ्गिकता विषयमा अन्तरक्रिया पनि भएको छ । वक्ताको रुपमा स्रमिकलामा र आशातामाङ रहेका छन् ।
अन्तरक्रिया कार्यक्रममा तामाङ भाषा र शिक्षा सम्बन्धी अन्तरक्रिया पनिभएको छ । वक्ताको रुपमा भने भाषाबिद् अमृत योञ्जनतामाङ र सहजकर्ता इन्द्र तामाङ रहेको छन् ।
३ दिने ल्होछार ज्ञान महोत्सव २०७२को दोस्रो दिन अन्तरक्रिया कार्यक्रमका साथै निःशुल्क स्वास्थ्य परिक्षण समेत भइरहेको छ । त्यस्तै गरी तामाङ पुस्तक, तामाङ भेषभूषा लगायतका स्टलहरु रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण