कांग्रेस जिल्ला अधिवेशनको उद्घाटन सत्रमा क्षेत्रीय सभापतिलाई थप्पड
सोमबार, २५ माघ २०७२, २३ : ५६
बझाङ –बझाङ काङग्रेसको अधिवेशनको उद्घाटन सत्रमा यहाँका क्षेत्रीय सभापतीलाई थप्पड हानिएको छ ।उद्घाटन समारोहमा आसन ग्रहण नगराएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन किसान संघका सभापती राम बहादुर महरले क्षेत्र नम्बर १ का सभापती भक्त राज जोशीलाई थप्पड हानेका हुन ।
जिल्ला अधिवेसनको उद्घाटन सत्रको उद्घोषण गरिरहेका जोशीलाई उनले मञ्चमै झाप्पड हानेपछि केहीबेर उद्घाटन सत्र नै तनावग्रस्त बनेको थियो ।
आसन ग्रहण गर्ने क्रममा किसान संघका सभापती को नाम पछाडी परेकोले आफुलाई आक्रमण गरेको क्षेत्रीय सभापती जोशीको भनाइ रहेको छ भने किसान संघका सभापती महरको भने आफुलाई आसन ग्रहण नगराई अपमान गर्न खाजेको आरोप लगाएका छन ।
जिल्ला सभापतीको निर्वाचनका लागि यहाँ ४ जना चुनावी मैदानमा छन् । सभापतीको उम्मेदवारी घोषणा गर्नेमा क्षेत्र नम्बर १ का खडक बहादुर बोहरा र हर्कजंग बहादुर सिंह रहेका छन भने क्षेत्र नम्बर २ का देवराज जोशी र रमेस भण्डारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण