कांग्रेस सभापति सुशील कोइरालाको निधन
कांग्रेस निकट विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले निधनबारे पुष्टि गर्दै रातोपाटीसँग भने, ‘आज बिहान १२ः५० बजे सभापतिज्यूको आफ्नै निवास महाराजगन्जमा निधन भएको छ ।’ निमोनियाको समस्याले एक्कासी च्यापेपछि अस्पताल आस्पताल समेत लैजान नपाई ७६ वर्षीय कोइरालाको एक्कासी निधन भएको हो ।
कोइरालाला केहि दिनयता अस्वस्थ्य रहेका थिए भने अस्वस्थ्यताकाबीच पनि महाधिवेशनको दौडधूपमा व्यस्त थिए । तर अस्वस्थ्य भएपछि कोइराला सोमबार भने निर्धारित कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । उनी काठमाडौं महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागि हुने पूर्व निर्धारित कार्यक्रम भएको भएपनि स्वास्थ्यल साथ नदिदा सहभागि हुन सकेका थिएनन् ।
यसैबीच नेपाली कांग्रेसका एक विज्ञप्ती जारी गर्दै कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ । कांग्रेस पार्टी कार्यालयका कार्यबहाक मुख्यसचिव प्रदीप पराजुलीले एक शोक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘ सभापति श्री कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको छ ।’ विज्ञप्तीमा कोइरालाको आकस्मिक निधनका कारणले नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ । विज्ञप्तीमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बोलाइएको पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण