कांग्रेसद्वारा सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित, केन्द्रिय समितिको आकस्मिक बैठक बोलाइयो
काठमाडौं– नेपाली कांग्रेसले १३ औँ महाधिवेशनका सन्दर्भमा भइरहेका सम्पूर्ण निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । सभापति सुशील कोइरालाको आज बिहान अकास्मात निधन भएपछि कांग्रेसले निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको हो । कांग्रेस पार्टी कार्यालयका कार्यबहाक मुख्य सचिव प्रदीप पराजुलीले एक विज्ञप्ती जारी गर्दै महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन् । कांग्रेसको जिल्लाअधिवेशनहरु धमाधम भइरहेको अवस्थामा निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिनुपरेको हो । जिल्लाअधिवेशन कतिपय जिल्लाहरुमा हिजो सम्पन्न भएको थियो भने कतिपय स्थानमा जारी रहेर मत परिणाम आउने क्रममा रहेको थियो । यस्तै कतिपय जिल्लाहरुमा भने हुने क्रममा थियो ।
यसबारेको समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण