शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नरहरि आचार्यलाई पक्षघात, कोइरालाई श्रद्धाञ्जली दिन महाराजगन्ज पुग्दा ढले

मङ्गलबार, २६ माघ २०७२, ०८ : ५२
मङ्गलबार, २६ माघ २०७२

काठमाडौं–काँग्रेस नेता तथा पूर्वमन्त्री नरहरी आचार्यको दायाँ भाग पक्षघात भएको छ । सभापति शुशिल कोईरालाको निधनपछि श्रद्धाञ्जली दिन कोईराला निवास पुगेका आचार्य श्रद्वाञ्जली दिएर फर्कदै गर्दा एक्कासी बेहोस भएर ढलेका थिए ।

त्यसपछि उनलाई उपचारका लागि शहिद गंगालाल हृदयरोग केन्द्र पु¥याईएको थियो । तर त्याहाँ उपचार हुन नसकेपछि न्यूरो अस्पत्राल पु¥याईएका आचार्यलाई पक्षघात भएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार उनको मस्तिस्कको दायाँ भागमा रगत देखिएको छ । चिकित्सकहरुले उनको स्वास्थ्यमा सुधार आउन समय लाग्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप