अन्तिम स्वास लिनुअघि कोइरालाले भनेका थिए– ‘मैले बुझिसकेँ’
काठमाडौं–नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराती १२ः५० मा उनकै निवास महाराजगञ्जमा निधन भयो । उनले अन्तिम पटक आफ्ना निजी सहयोगीका रुपमा कार्यरत कृष्ण अर्याल र निजी चिकित्सक डा. करबीर योगीसंग सम्वाद गरेका थिए भने अन्तिम वाणी ‘मैले बुझिसके ’ भन्ने रहेको कोइराला प्रधानमन्त्री हुँदा प्रेस संयोजक रहेका प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार कोइरालालाई अलिक बढी चापेपछि निजी चिकित्सक डा. योगीलाई बोलाइएको थियो । उनको पल्स कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उनले सो कुरा व्यक्त गरेका हुन् । अन्तिम समयसम्म पनि उनलाई अक्सिजन र नेवुलाइजर दिइएको थियो । चिकित्सक योगीका अनुसार पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो । उनलाई निजी चिकित्सक र आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा पुर्याउदै आएका थिए । उनमा दमको समेत प्रभाव देखिएकोले उनले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन लिने गरेका थिए भने केही दिन यता निद्रा पनि कम हुँदै गएको थियो । यस्तो बेलामा टेलिभिजनमा देश विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसंग चिन्ता व्यक्त गर्थे । पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वाचित भएका सभापति कोइराला त्यस पूर्व कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रही पार्टी मार्फत देश र जनताको सेवामा संलग्न भएका थिए ।
संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक नेका सभापति तथा तात्कालिन प्रधानमन्त्री कोइरालाले आफ्नो बचनबद्धता अनुरुप संविधान सभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गरेका छन् । प्रधानमन्त्रित्व कालमा भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग,इण्डोनेशियाको भ्रमण गरेका थिए । प्रधानमन्त्री पदमा रहदा भ्रमण मार्गमा यूएइको अबुधावी, थाइलैण्डको पनि भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण