भारतले असल मित्र गुमायो : भारतीय प्रधानमन्त्री मोदी
मङ्गलबार, २६ माघ २०७२, ०९ : ५२
काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा समवेदना सन्देश दिँदै प्रधानमन्त्री मोदीले कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै यस समयमा कोइराला परिवार र नेपाली जनतालाई हार्दिक समवेदना व्यक्त गरे । नेपालको राजनीतिमा लामो समय सेवा गर्नुभएका कोइरालाको निधनबाट नेपाली काँग्रेसले शीर्ष नेता र भारतले असल मित्र गुमाएको जनाउँदै उनले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको पनि उल्लेख गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण