श्रद्धासुमन सुशील’दा (फोटोफिचर)
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्व पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओली कोइराला निवास महाराजगन्ज पुगेर कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र सिपी मैनाली तथा गृहमन्त्री शक्तिबहादुर बस्नेत महाराजगन्ज पुगेका थिए । त्यस्तै उपराष्ट्रपति नन्दबहाुर पुन पनि कोइराला निवास पुगेर श्रद्धाञ्जली अर्पण गरे ।
यसैबीच पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल, एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसहितका नेताहरुले कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
त्यस्तै संवैधानिक निकायका प्रमुख तथा सुरक्षा निकायका उच्च अधिकारीहरु पनि कोइराला निवास पुगी श्रद्धाञ्जलि अर्पण गरे ।
कोइराला निवास महाराजगन्जमा अहिले नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक सर्वसाधारणको भीड लागेको छ ।
कोइरालाको पार्थिव शरीर सानेपामा कोइरालाको पार्थिव शरीरलाई उनको निवास महाराजगन्जबाट पार्टी केन्द्रीय कार्यालय बिपी नगर सानेपा लगिएको छ।
कोइरालाको पार्थिव शरीरलाई नेपाल प्रहरीको बा१ग २२०९ नं को ट्रकमा राखेर सानेपा लैजान लागिएको हो । महाराजगन्ज–लाजिम्पाट–केशरमहल–भद्रकाली–त्रिपुरेश्वर–टेकु–बल्खु हुँदै सानेपा पु¥याउने मार्ग तय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण