कोइरालाको योगदान नभएको भए संविधान निर्माण सम्भव थिएनः प्रचण्ड
धनकुटा–एमाओवादी अध्यक्ष प्रचण्डले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शुसील कोइरालाको निधनले देशलाई अपुरणीय क्षति भएको बताउँदै संविधान निर्माण प्रक्रियामा उनको योगदान महत्वपूर्ण रहेको टिप्पणी गरेका छन् । यस्तै प्रचण्डले उनको योगदान नभएको भए संविधानसभाबाट संविधान बनाउने कुरा संभव नै हुने थिएन भने ।
पार्टी कामको सिलसिलामा १ नं. प्रदेशको धनकुटा पुगेका प्रचण्डले क्रान्तिकारी पत्रकार संघ धनकुटाद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउका हुन् ।
उनले भने, ‘देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको सभापतिको हैसियतले सरकारको प्रधानमन्त्रीको हैसियतले पनि उहाँको योगदान अतुलनीय छ ।’ उनले शुसील कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनको एक स्थापित व्यक्तित्व भएको समेत बताए ।
‘संविधान निर्माणमा योगदानका कारण कोइराला नेपालको एक अविश्मरणीय राजनीतिक व्यक्तित्व बनिनै सक्नुभएको छ,’ उनले भने, ‘संविधान कार्यान्वयनको सन्दर्भमा मेरो उहाँसँग निकै अन्तरंग कुराकानी हुने गरेको थियो । राष्ट्रलाई कसरी एकतावद्ध भएर लैजान सकिन्छ भनेर खुलेर अन्तरंग उहाँसँग कुराकानी भएको थियो । संविधान कार्यान्वय र विकास निर्माणको प्रक्रियामा ठूलो क्षति पुगेको छ । मृत्यु शास्वत कुरा भएकाले हामीले यसको सामना गर्नेपर्दछ ।’ अध्यक्षले कोइरालाको पनि एउटा बलियो राष्ट्रिय एकता बनोस्, संविधान कार्यान्वयको प्रक्रिया सहज अगाडि बढोस् भन्ने चाहना भएकाले सबै एकतावद्ध भएर संकल्प गर्नु बाहेक अर्को कुनै विकल्प नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण