राजकीय सम्मानका साथ कोइरालाको अन्त्यष्टि गर्ने सरकारको निर्णय, भोलि सार्वजनिक बिदा
मङ्गलबार, २६ माघ २०७२, १२ : ०१
काठमाडौं, माघ २६– मन्त्रिपरिषदको केहिबेर अघि सम्पन्न आकस्मिक बैठकले दिबंगत कांग्रेस सभापति तथा पूर्वप्रधनमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बुधबार सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ । कोइरालाको भोलिमात्रै अन्त्येष्टि गर्ने कांग्रेसको केन्द्रिय समितिको आकस्मिक बैठकले निर्णय गरिसकेको छ ।
यस्तै मन्त्रिपरिषदको बैठकले स्वदेश तथा विदेशमा रहेका सरकारी नियोगका झण्डा तीन दिन सम्म आधा झुकाउने निर्णय समेत बैठकले गरेको छ
यसैगरि विदेशस्थित कुटनीतिक नियोग तथा राजदूताबासहरुमा शोक पुस्तिका राख्ने पनि बैठकले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयहरू
१) नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ राजनीतिज्ञ, पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति एवं व्यवस्थापिका संसदका प्रमुख प्रतिपक्षी दलका नेता श्री सुशील कोइरालाको २०७२ माघ २६ गते बिहान ०.५० बजे ७८ वर्षको उमेरमा भएको दुःखद् निधनबाट नेपाल सरकार स्तब्ध भएको छ । यस दुःखद् घडीमा नेपाल सरकार दिवंगत कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय उहाँले निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय रहनेछ । आजीवन राष्ट्र, जनता, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताका हिमायती कोइरालाले नेपालको संविधान निर्माणमा पु¥याउनु भएको अतुलनीय योगदान नेपाल र नेपालीले सदैव सम्झिरहने छन् ।
नेपाल सरकार दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुक एवं नेपाली कांग्रेसप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
उहाँको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षहरू तथा सत्मार्ग सबैले आत्मसात गर्न सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने नेपाल सरकारको विश्वास रहेको छ ।
२) दिवंगत सुशील कोइरालाको अत्येष्टी राजकीय सम्मानका साथ गर्ने र तोप, सलामीलगायतका अन्य आवश्यक व्यवस्था रक्षा तथा गृह मन्त्रालयले मिलाउने ।
३) उहाँको निधनमा शोक मनाउन २०७२ माघ २७ गते बुधबार १ दिन सार्वजनिक विदा दिने र २०७२ माघ २६ देखि २८ गतेसम्म तीन दिन नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने ।
४) २०७२ माघ २६ देखि २८ गतेसम्म कुनै पनि सार्वजनिक औपचारिक कार्यक्रम नगर्ने ।
५) २०७२ माघ २८ र २९ गते परराष्ट्र मन्त्रालयलगायत विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा शोक पुस्तिका राख्ने । सो को व्यवस्था सम्बन्धित निकायले मिलाउने ।
६) राष्ट्रिय सम्मानसहितको अन्त्येष्टिको समग्र समन्वय माननीय गृहमन्त्रीले गर्न तोक्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण