पाकिस्तानसँग नेपाल पराजित : प्रेमले जोगाए नेपालको इज्जत
ढाका – बंगादेशमा जारी अन्डर–१९ विश्वकपमा पाँचौ स्थानको लागि भएको प्लेअफमा नेपालले पाकिस्तानसँग १ सय २२ रनको भारी अन्तरले पराजित बनेको छ । पाकिस्तानले जितका लागि प्रस्तुत गरेको २ सय ५९ रनको चुनौती पछ्याउने क्रममा नेपाल ४३.५ ओभरमा अलआउट हुँदै १ सय ३६ रनमा सिमित बन्यो । खेलमा शतक बनाएका हसन मोहसिनले घातक बलिङ गर्दै ४ विकेट लिएपछि नेपालको ब्याटिङ ध्वस्त बनाए । नेपालका लागि मात्र तीन खेलाडीले दोहोरो अंकमा रन बटुल्न सके । नेपालका लागि प्रेम तामाङले सर्वाधिक ६८ बनाउँदै नेपालको स्कोर १ सय रनभन्दा माथि पुर्याए । उनले यस क्रममा ११ चौका र एक छक्का हिर्काए । त्यस्तै कप्तान राजु रिजालले १५ तथा सुशील कँडेलले १० रन बनाए । अन्य ब्याटस्म्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । नेपालले कुनै समय ८ विकेटको क्षतिमा ६७ रनमा सिमित बनेको थियो । यसअघि, निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा पाकिस्तानले २ सय ५८ रन बनाएको थियो । खान साहेक ओसमान अली रंगशालमा भएको खेलमा नेपालले टस जितेर पाकिस्तानलाई पहिलो ब्याटिङका लागि पठाएको थियो । नेपालको निर्णय सही पनि साबित भयो । खेलको पहिलो ओभरमा नै नेपालले पहिलो सफलता हात पार्यो । शुन्य रनको स्थितिमा आरिफ शेखले मोहमद उमारलाई आउट गरे । त्यसपछि चौैथो ओभरमा फेरि कप्तान गौहर हफिज पनि शुन्य रनमा आरिफको शिकार बने । खेलको १३ औं ओभरसम्म पाकिस्तान ३ विकेटको क्षतिमा ३० रनको स्थितिमा सिमित बनेको थियो । तर, सैफ बदर र हसन मोहसिनले पाकिस्तानको इनिङ सम्हाले बदरले ८८ रन तथा मोहसिनले १ सय १७ रन बनाउँदै पाकिस्तानलाई योगफल तर्फ अघि बढाए । दुवै सन्दिप लामिछानेको शिकार बने । मोहसिनले यस क्रममा ८ चौका र ३ छक्का समेत प्रहार गरे । नेपालका लागि सन्दिप लामिछानेले ३ तथा आरिफ शेख र दिपेन्द्र सिंह ऐर ले २–२ विकेट लिए । सुशील कँडेलले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण