२९ वर्षदेखि फरार अभियुक्त पक्राउ
मङ्गलबार, २६ माघ २०७२, १२ : ४३
लहान - अदालतबाट कैद सजाय पाएर २९ वर्षदेखि फरार दुई जना अभियुक्तलाई आज बिहान प्रहरीले सिरहाको अयोध्यानगर गाविसबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद सजाय पाएर फरार सिरहाको अयोध्यानगर गाविस– ९ निवासी ६० वर्षीय किसुनदेव साफी धोबी र ४५ वर्षीय मगैनियाँ साफी धोबीलाई पक्राउ गरेको हो । जिल्ला अदालत सिरहाले अभियुक्त दुवै जनालाई कुटपिट र लुटपाट मुद्दामा २०४३ साल चैत २९ गते छ महिना कैद सजाय फैसला गरेको र त्यसयता फरार रहेका दुवै जनालाई गोप्य सूचनाका आधारमा आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिरहामा पेस गरिने प्रहरी निरीक्षक निरौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण