शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुणस्तरहीन सीमेन्ट उत्पादन प्रकरणः पीडितलाई क्षतिपूर्ति

मङ्गलबार, २६ माघ २०७२, १४ : ००
मङ्गलबार, २६ माघ २०७२
[caption id="attachment_26655" align="alignright" width="840"] File photo[/caption]

दाङ–दाङमा सञ्चालित सोनापुर सिमेन्ट उद्योगले घर निर्माणकर्ताहरुलाई क्षतिपूर्ति दिएको छ । पछिल्लो दिनमा तुलसीपुर ६ सरस्वती बोडिङ नजिकै ५ कोठे घर निर्माण गर्दै गरेका गोविन्द बस्नेतलाई उद्योगले क्षतिपुर्ति स्वरुप ५ लाख रुपैयाँ दिएको छ । उनलाई उद्योगले तुलसीपुरमा आएर उक्त रकम प्रदान गरेको हो । बस्नेतले २ सय २० बोरा गुणस्तरहीन ओपिसी सोना सिमेन्ट प्रयोग गरेका कारण उनले नवनिर्मित घर पुरा नहुँदै भत्काउनु परेको थियो । ६ फीट गहिराई देखि जग उठाउन सुरु गरेका घर निर्माण कर्ताले गुणस्तरहीन सिमेन्टका कारण निर्माण हुन लागेका घरको सेप्टी ट्यांकी, पिल्लर, बिम, ढलानसबै भत्काउनु परेको थियो । उद्योगले श्रमिकको ज्याला, बालुवा, सिमेन्ट, गिट्टी, पानीको क्षेतिपूर्ति समेत तिर्ने बताइएको छ । सोना पुरा सिमेन्टका नायव महाप्रवन्धक रेमन्त ढकालका अनुसार अहिले सम्म उद्योगले ४० लाख बढी क्षतिपुर्ति तिरिसकेको छ ।

उद्योगले कमजोरी भएको भन्दै क्षतिपूर्ति दिएपनि उपभोक्ता भने हालसम्म पनि कम्पनीप्रति विस्वस्त भने हुन सकेका छैनन् । स्थानीय व्यवसायीहरुका अनुसार अहिले सो सिमेन्टको विक्रि ठप्पप्राय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप