सागमा रजत जितेका विकास भन्छन्–राज्यले प्रशिक्षण दिए स्वर्ण पदक टाढा छैन
गुवाहाटी–काठमाडौंबाट गुवाहाटीका लागि पाइला उठाउँदै गर्दा भारोत्तोलन खेलाडी विकास थापाको मनमा एउटै सपना थियो– सागमा स्वर्ण जित्ने । सपना सपनै हुँदो रहेछ, उनले मनमा साँचेको स्वर्णको सपना यसपटकको १२ औं दक्षिण एसियाली खेलकुदमा पुरा हुन सकेन् । भारतको गुवाहाटी स्थित भोगेश्वर फुकानी इन्डोर स्टेडीयमको प्लेटफर्ममा देशका लाागी स्वर्ण जित्न गएका विकास रजत पदकको माला पहिरिएर स्वदेश फर्कंदै छन् । भारतको गुवाहाटी शहरलाई दक्षिण एसियाली खेलकुदले झपक्कै छोपेको थियो । इन्दीरागान्धी स्पोर्टस एकेडेमीमा सागको भब्य उद्घाटन भएको भोलिपल्ट नेपाली अफिसीयल र खेलडीहरुमा एक प्रकारको कौतुहलता थियो, ‘पहिलो पकद कसले जित्ला ?, कुन खेलमा धेरै पदक आउला ?’ यस्तै कौतुहलताका बिचमा भारोत्तोलन खेलाडी देवी चौधरीले पहिलो पदक जितीन् । देवीले पहिलो पदक जितेको सन्देश भाईरल हुन नपाउँदै विकासले देशका लागी दोस्रो पदक जित्न सफल भए । विरगञ्जका विकास १५–१६ बर्षको उमेरदेखी नै जिम गर्थे उनी । विरगञ्जको घडीअर्वा पोखरी नजिकै उनले जिम गर्ने गरेको कभर्डहलमा भारोत्तोलनको पनी ट्रेनिङ चलिरहन्थ्यो । ०६१ तिर एसएलसीको तयारी गर्दै गर्दा विहान–विहान जिमखाना धाउने विकासलाई एकदिन प्रदिप श्रेष्ठले नजिकै बोलाएर भने, ‘तिम्रो जिम राम्रो छ, भारोत्तोलन पनी खेल्दै गर !’ प्रदिपको सल्लाहले विकासको मन छोइहाल्यो, उनि भोलीपल्टबाटै जिमखानासँगैको कभर्डलमा भार उठाउने तालिम लिन थाले । ‘०५९ मा प्रदिप गुरुको सल्लाहलाई आत्मसाथ गर्दै भारोत्तोलनमा लागेको, अहिले हरपल भारोत्तोलन सँगै हुन्छु’ विकासले भने । ०५९ ताका पर्सामा भएको जिल्ला स्तरिय भारोत्तलोन प्रतियोगीतामा पहिलोपट सहभागी हुँदा नै विकासले गोल्ड मेडल चुमेका थिए । ०६१ का अन्ततिर काठमाडौं छिरेपछी राष्ट्रिय स्तरको खेलमा उनले कास्य पदक हात पारे । विकास भन्छन्, ‘०६१ मा भएको नेशनल लेभलको गेममा कास्य जितेपछी आशा बढ्दै गयो ।’ एकपछि अर्को जितले उनमा आशा बढ्दै गर्दा नेपाली खेलकुदले विकासमाथी भरोसा गर्न थालिसकेको थियो । त्यसैले त उनी ०६४ सालमा भारोत्तोलनका राष्ट्रिय टिममा परे । राष्ट्रिय टिममा परेकै सालमा भएको राष्ट्रिय स्तरको प्रतियोगीतामा उनले गोल्ड मेडल जिते । पाँचौ र छैटौं राष्ट्रिय खेलकुदमा गोल्ड मेडल सहित बेष्ट लिफ्टरको उपाधी जित्नुअघी नै विकासलाई नेपाल प्रहरीले आफ्नो टिमबाट भार उचाल्न अफर गरिसकेको थियो । पाँचौ राष्ट्रिय खेलकुद हुनुभन्दा अघी नै नेपाल प्रहरीको टिमबाट खेल्न थालेका विकासले प्रहरीका लागी पटक–पटक गोल्ड मेडल दिईसकेका छन् । ०६८ मा नेपालगञ्जमा भारोत्तोलनको दक्षिण एसियाली च्याम्पियनसिप भएको थियो । त्यसमा उनले रजत पदक हात पारेका थिए । उनको जितको कथा त्यतिमै सकिँदैन, २०१० मा ढाकामा भएको ११ औं साफमा उनले चौथो स्थान हाँसिल गरेका थिए । नेपाली भारोत्तोलन तिन बर्षयता मेडल बिहीन थियो । यसपटको सागमा भारोत्तोलनले चार पदक जितेको छ, ति मध्ये एउटा पदक विकासको नाममा छ । यसरी तिन बर्षयता पदक विहीन भारोत्तोलनलाई पदकको खडेरी तोड्नमा विकासले महत्वपुर्ण भुमिका खेले । उनी भन्छन्, ‘पदकको खडेरी तोड्न यसपाला केही हदसम्म सफल भएजस्तो लाग्छ ।’ यसपटकको सागमा उनले रजत मात्रै जितेनन्, आफ्नो ब्यक्तिगत प्रदर्शनमा पनी सुधार गरेका छन् । त्यसअर्थमा पनी उनका लागी यसपटकको साग महत्वपुर्ण सावित भयो । स्न्याचतर्फ रोशन नकर्मिको नाममा रहेको राष्ट्रिय रेकर्ड ब्रेक गर्दै विकासले नयाँ रेकर्ड बनाएका छन् । समस्याः प्रशिक्षण र पोषण सागमा ६२ केजी तौल समुहमा प्रतिस्पर्धा गरेका विकासले प्रतिस्पर्धा बाहेक विभिन्न देशका खेलाडीहरुसँग अन्तरक्रिया पनि गरे । ‘भारत, पाकिस्तानका वेट लिफ्टरहरु महिनौं क्लोज क्याम्पमा बस्दा रहेछन, हामी छोटो समय क्लोज क्याम्पमा बसेर प्रतिस्पर्धामा उत्रियौं ’ उनले भने । भारोत्तोलनको प्लेटर्फमा भारत र पाकिस्तान जस्ता स्ट्रोङ म्यान, उमेनहरुको खेल नजिकबाट नियालेका विकासका अनुसार नेपाली भारोत्तोलनको मुख्य समस्या ट्रेनिङ र पोषण हो । उनी भन्छन्, ‘हाम्रोमा ट्रेनिङ र पोषणको समस्या छ, यी दुई कुराको सहजता भए हाम्रा लागि मेडल कुनै सपनाको विषय नै हुँदैन ।’ भारोत्तोलनमा बलियो मानिने भारतीय खेलाडीलाई स्न्याचतर्फ हराउन सफल भएका विकास आफ्नो सफलताको श्रेय गुरुहरुलाई दिन चाहन्छन् । उनी भन्छन्, ‘हामीलाई सँधै हौसला दिने राम बोस, गुरुहरु जगदिश प्रधान, संजय महर्जन, सुनिल जोशी,मिठु गुरु र तिलक राउतको हौसला र प्रेरणाले आज यहाँसम्म आईपुगेको छु ।’
सागको मेडलका लागी प्लेटफर्म पुगेपछि आफ्नो देश र आफूलाई असाध्यै केयर गर्ने टिम मेनेजर राम बोसलाई सम्झेको बताउने विकास नेपालमा रेगुलर प्रतियोगिता नहुनु नेपाली भारोत्तोलनको अर्को समस्या भएको बताउँछन् । ‘नेपाल बाहिर हुने इन्डोर स्टेडियममा हौसला दिने समर्थह हुँदैनन्, तर पनी मेरो लक्ष्य सँधै मेडल हुन्छ’–विकासले भने । यसपाला स्न्याचमा राष्ट्रिय रेकर्ड ब्रेक गरेका विकास भारोत्तोलनको क्लिन एण्ड जर्क तर्फ कमल अधिकारीको नाममा रहेको राष्ट्रिय रेकर्ड ब्रेक गर्ने लक्ष्य लिएर हिँडेका छन् । ओलम्पिक खेल्ने लक्ष्य कुन खेलाडीको नहोला र ? यस्तोमा विकासको पनी मुख्य टार्गेट ‘ओलम्पिक’ नै हो । देशका लागी एउटा रजत जितेर ओलम्पिक खेल्ने ईच्छा मनभरी संगाल्दै विकास थापा गुहावटीबाट काठमाडौंका लागि घरफिर्तीको पाईला उठाउँदै छन् ।फोटोः पिजे क्लव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण